फिल्म ‘लाखे’ को प्रिमियर उत्कृस्ट प्रतीकृया

प्रदर्शनको दुई दिन अगाडीनै काठमाडौंमा फिल्म ‘लाखे’ को प्रिमियर गरिएको छ । कलाकर्मी र सञ्चारकर्मीको उपस्थितिमा गरिएकोप्रिमियरमा फिल्मले तारिफ बटुलेको छ ।
सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् । हरि मल्ल ठकुरीकार्यकारी निर्माता रहेको फिल्म सुसन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्धन्द्धनिर्देशन रहेको फिल्मको गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ ।
‘लाखे’ अर्जुन जिसीले सम्पादन गरेका हुन । औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेकोफिल्मकोे पटकथा आकाश बरालले लेखेका हुन भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् । फिल्मलाई आरआर फिल्मलेवितरण गर्दैछ । सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित फिल्म ‘लाखे’कार्तिक १८ गतेबाट प्रदर्शनमा आउने छ। लाखेलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।
सस्पेन्स,थ्रीलर,एक्शन तथा सेन्टिमेन्ट को समीश्रण रहेको फिल्ममा सौगात मल्ल,अनुप बिक्रम शाही,अर्पण थापा,आर्यन अधिकारी,वर्षाराउत,रोहित रुम्वा,संजोग राणा,सुशील सिटौला,प्रशान्त ताम्राकार,रक्षा बुढाथोकी,कालु राना,सुगन तण्डुकार र बाल कलाकार सिस्टमभण्डारी मुख्य भूमिकामा छन् ।