नेफ्टा अवार्डको मिति सर्‍यो

अमेरिकामा आयोजना हुन लागेको ११औँ नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) चलचित्र अवार्डको पूर्वनिर्धारित मिति सरेको छ । यसअघि जेठ १३ गते हुने भनिएको अवार्ड आगामी साउन ६ गते (जुलाई २२) तय गरिएको चलचित्र प्राविधिक सङ्घले जनाएको छ । 

नेफ्टाका अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जन)ले आवश्यक तयारी नपुगेकाले अवार्ड समारोहको मिति पछि सारिएको जानकारी दिनुभयो । अवार्डको आयोजकमध्येको एक फेम नेपालका प्रमुख विमल पछाईले नयाँ मितिमा अवार्डलाई थप समावेशी, बृहत् र सफल तुल्याउन सजिलो हुने आशा लिइएको बताउनुभयो । अवार्डका सर्वश्रेष्ठ पाँचको मनोनयन वैशाख ३१ गते घोषणा गरिने भएको छ । निर्णायकले गरेका मूल्याङ्कनको आधारमा उत्कृष्ट पाँच घोषणा हुने अध्यक्ष लामाले जानकारी दिनुभयो । उत्कृष्ट पाँचमा अटाउने सबै फिल्मकर्मीले अमेरिकामा हुने अवार्डमा सहभागिता जनाउने छन् ।

अवार्डमा २०७९ सालभित्र प्रदर्शन भएका चलचित्रले ४२ विधामा प्रतिस्पर्धा गर्नेछन् । यसअघि नेफ्टाका विदेशी संस्करणहरू यूएई, मलेसिया, हङकङ र कतारमा सम्पन्न भइसकेका छन् । अमेरिकी संस्करणका लागि फेम नेपालसहित यूएस खबर र आर्यन फिल्म्सले पनि सहकार्य गर्दैछन् ।  

About The Author

Leave a Reply

Your email address will not be published.