काठमाडौंका २२ वटा दोहोरी साँझले तिर्ने भए संगीत रोयल्टी

 संगीत रोयल्टी सँकलन समाजले काठमाडौं उपत्यकाका २२ भन्दा बढी लोक दोहोरी व्यवसायीहरुलाई गीत संगीतको सार्वजनिक प्रयोग गर्नका लागि अनुमति पत्र(लाइसेन्स) प्रदान गरेको छ ।

संगीत रोयल्टी सँकलन समाजको सँयोजकत्वमा नेपाल प्रतिलिपि अधिकार कार्यालय, संगीत तथा चलचित्र उत्पादक समाज नेपाल, प्रस्तोता समाज नेपालले बुधबार लोकदोहोरी व्यवसायीहरुसँग गीत संगीत बजाउनको लागि सम्झौता गरेका हुन् ।

सो सम्झौता अनुसार लोक दोहोरी साँझ रेष्टुरेन्टले गीत संगीत सार्वजनिक रुपमा प्रयोग वापतको रोयल्टी बुझाउने सहमाति भएको हो ।

सहमती अघि सार्वजनिक स्थलमा गीत बजाए बापत रोयल्टी दिनुपर्ने विषयमा सुरुमा अन्तरक्रिया भएको थियो । सो अन्तरक्रियापछि सम्बन्धित लोक दोहोरी साँझ (रेष्टुरेन्ट) सञ्चालकसँग रोयल्टी वार्षिक रुपमा बुझाउने ’bout सम्झौता भएको र सो सम्झौतापछि लाईसेन्स प्रदान गरेको संगीत रोयल्टी सँकलन समाजका अध्यक्ष सुरेश अधिकारीले बताएका छन् ।

संगीत रोेल्टी तिरेर गीत बजाउन अनुमति पत्र लिएका दोहोरी साँझहरुमा गाउँले रोधी घर, डाँडा घरे रोधी एण्ड क्लब, सुस्केरा दोहोरी साँझ, यानिमाया रोधी क्लब, मधुवन रोधी घर एण्ड सुनार हाउस, माईली रोधी घर, सोल्टीनी रोधी नाच घर, सालैजो दोहोरी साँझ, गाउँ बेशी दोहोरी साँझ, निलकमल दोहोरी साँझ रहेको अधिकारीले बताए ।

यस्तै संगीतमाला रोधी घर, जुनकिरी रोधी नाचघर, नौ डाँडा दोहोरी साँझ, बासुरी दोहोरी साँझ, जुनतारा दोहोरी एण्ड लाउन्ज, मुर्छाना दोहोरी साँझ, डाँफे रोधी घर, इन्द्रेणी रोधी क्लब एण्ड डिस्को, टप राजधानी दोहोरी साँझ, र देउराली रोधी घरलाई पनि अनुमति पत्र दिईको पनि अधिकारीले बताए ।

संस्कृति महाशाखा प्रमुख डा. सुरेश श्रेष्ठ, प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका निमित्ति रजिष्ट्रार उत्तम दवाडी, पुर्व रजिष्ट्रार बिसुकुमार केसी, संगीत रोयल्टी सँकलन समाजका अध्यक्ष सुरेश अधिकारी, प्रस्तोता समाजका कार्यबाहक अध्यक्ष निर्णय श्रेष्ठ, संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्य मगर, संगीतकार महेश खड्का, सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान र प्रहरी वृतका प्रमुखहरुले सो अन्तरक्रियामा आफ्नो भनाई राखेका छन् ।

About The Author

Leave a Reply

Your email address will not be published.