शिव सागरको ‘मलाई खोज्नु पर्ला’ सार्वजनिक

गायक शिव सागर खड्काको स्वरमा ‘मलाई खोज्नु पर्ला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा शब्द तथा सङ्गीत गायक खड्काकै रहेको छ। गीतमा रिकेश गुरुगंको एरेन्ज तथा मिक्सिंग गर्नुभएको छ। 

गीतको भिडियोमा रामचन्द्र अधिकारी, गायक खड्का र खुसी भट्टराईको अभिनय देख्न सकिन्छ। बालकलाकारको रूपमा प्रनिश पराजुलीको अभिनय देख्न सकिन्छ। भिडियोमा छायाङ्कन मुकेश हुमागाईँले गर्नुभएको हो भने सम्पादन तथा कलर मीन रावलको रहेको छ।

भिडियोको निर्देशन सङ्गीत सागर बुर्जाले गर्नुभएको हो। यसअघि गायक खड्काका ट्राफिक जाम, निष्ठुरी भयौँ रे, यो नयाँ जोडी, धरहरा खै, लगायत दर्जन बढी गीत बजारमा आइसकेका छन्।  

About The Author

Leave a Reply

Your email address will not be published.