माईतीघर मण्डलामा ‘छिमेकी’ नाटक प्रदर्शन गर्दै स्वर्ग मातृभूमी नेपाल

काठमाडौं, २७ असार । स्वर्ग मातृभूमी नेपालले ‘छिमेकी’ नाटक प्रर्दशन गर्ने भएको छ ।
कम्पनीले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी यही असार ३० गते
शनिबार दिउँसो १ बजे माइतीघर मण्डलामा नाटक प्रदर्शन गर्न लागिएको जानकारी गराएको हो
।
स्वर्ग मातृभूमि नेपालका उपाध्यक्ष एवं प्रवक्ता यमबहादुर जिसीले छिमेकी मुलुक भारतले
नेपालमाथि गरेको अन्याय र अत्याचारको भण्डाफोर गर्न र नेपालीहरु पनि अब जागरुक भएर
आफ्नो राष्ट्र, संस्कृति र भूमि बचाउन लाग्नुपर्छ भन्ने सन्देश प्रवाहका लागि नाटक
प्रदर्शनमा ल्याउन लागिएको बताए ।
‘सदियौंदेखि भारतीय विस्तारवादले नेपालको भूमि अतिक्रमण गरिरहेको र सीमानामा भएका
नेपालीहरुलाई दुख दिने काम गरिररहको अवस्था छ । सास्कृतिक नक्साको नाममा नेपालको
भूमिलाई समेटेर नक्सा जारी गरेको अवस्थामा नेपाली पनि झुक्न हुँदैन । सुगौली सन्धिबाट
गुमेका भूमिहरुसहित समेटेर हामीले पनि गेटर नेपालको नक्सा प्रत्येक नेपालीमाझ पुर्याउन
पर्छ भन्ने सन्देश दिन यो नाटक प्रदर्शनमा ल्याउन लागिएको हो,’– उपाध्यक्ष एवं प्रवक्ता
जिसीले भने ।
भारतले आफ्नो संसद्मा नेपालको भू–भाग पनि समावेश गरेको संकेतिक विरोध स्वरुप ग्रेटर
नेपालको नक्सा अंकित टि–सर्ट लगाएर नाटक प्रदर्शनमा सहभागी हुने प्रवक्ता जिसीले बताए ।
स्वर्ग मातृभूमी नेपाल गैरनाफामूलक संस्था हो । यसले जनचेतना मुलक सडक नाटक, स्वस्थ शिविर,
सरसफाई, रक्तदान, गरिब, असाहय र पीछडिएका समुदायहरुको स्वास्थ सेवा प्रभावकारी बनाउन
एंबुलेन्स सेवा लगयतको काम गर्दै आएको छ । साथै, घरेलु हिंसा, सम्बन्धविच्छेद, बालविवाह
लगायत महिला तथा बालबालिका सम्बन्धी विभिन्न सचेतनामूलक कार्य पनि यस संस्थाले सञ्चालन
गर्दै आएको छ ।
संस्थाले कृषकहरुलाई आधुनिक खेती गर्नको लागि विभिन्न प्रकारको गोष्ठी सेमिनार, प्रशिक्षण र
तालिमहरु र तालिमहरु पनि सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा स्वर्ग मातृभूमि नेपालका संस्थापक सदस्य विजय खकुरेल, माधव खकुरेलसहित अन्य
सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।