अभिनेता सारुकको मृत्यु शंकास्पद, न्याय माग्दै परिवार

 गत २१ असारमा काठमाडौंको सहिदमार्ग ज्ञानेश्वरस्थित आफ्नै घरको भुइँ तलामा अभिनेता सारुक ताम्राकार मृत अवस्थामा भेटिएका थिए । उनको मृत्युलाई अहिले शंकास्पद रूपमा हेर्न थालिएको छ । उनी आबद्ध चलचित्र ‘ह् यासट्याग माया’का निर्देशक राजीव गुरुङले सोही चलचित्रकी अभिनेत्री नम्रता श्रेष्ठ र सारुकको सम्बन्ध’bout नयाँ कुरा खुलाएपछि उनको मृत्युलाई शंकास्पद रूपमा हेरिएको हो ।

रानी, इन्टु मिन्टु लन्डनमा, मेरी मामुजस्ता चलचित्रमा मुख्य भूमिका निभाइसकेका अभिनेता सारुक ३३ वर्षका थिए । सारुकको मृत्यु भएको ११ दिनसम्म मौन बसेका उनका बाबुसमेत रहेका कलाकार सानु ताम्राकारले अब आफू न्याय माग्न प्रहरीसमक्ष जाने बताएका छन् ।

‘यसअघि हामी मौन थियौं तर अहिले मेरो छोराको निधनका ’boutमा विभिन्न समाचार तथा चर्चा परिचर्चा चलेपछि अब हामी मौन बस्न मिल्दैन भन्ने निष्कर्षमा पुगेका छौं,’ आइतबार राजधानीकर्मी उनलाई भेट्न निवासमा पुग्दा कलाकार सानु ताम्राकारले भने, ‘घटना’bout वास्तविकता बाहिर ल्याउन माग गर्दै प्रहरीमा जानेछौं ।’ आफ्नो छोराले किन आत्महत्या गर्न बाध्य हुनुप¥यो भन्ने कुराहरू विस्तारै खुल्दै गएको पनि उनले आशंका गरेका छन् ।

सारुकले अभिनय गरेको चलचित्र ह्यासट् याग मायाका निर्देशक राजीवले न्युज चलचित्री च्यानलमा दिएको अन्तर्वार्तापछि छोराको निधन शंकास्पद बन्दै गएको बुबा सानुको भनाइ छ । निर्देशक गुरुङका अनुसार केही समयअघि अभिनेत्री नम्रता श्रेष्ठले एक तान्त्रिकसँग गुरुङ र सारुकलाई सिन्धुपाल्चोकको दोलालघाट लगेकी थिइन् । त्यहाँ निर्देशक राजीवलाई होटलमै छाडेर मध्यरातमा सारुकलाई मात्रै तान्त्रिकसँग लगेकी थिइन् ।

घाटमा रहेको शिव मन्दिरमा मध्यरातमा सारुक र नम्रताले तान्त्रिक विधिबाट विशेष पूजा गर्दै कालो बोका बली चढाएको उनले बताएका छन् । सो बोकाको मासु आफू, नम्रता र सारुकले खाएको र ती तान्त्रिकले आफूहरू तीनै जनालाई बुटी पनि लगाइदिएको समेत निर्देशक राजीवले खुलाएका छन् । सिनेमाका लागि राम्रो हुन्छ भनेर सो पूजाका लागि आफूले ५ लाख रुपैयाँ तिरेको पनि उनले बताएका छन् ।

तान्त्रिक गुरुहरूका अनुसार यसरी मध्यरातमा मसान घाटमा सम्मोहन (बशिकरण)को पूजा हुने गरेको कलाकार सानु ताम्राकारको बुझाइ छ । भूतप्रेतमा विश्वास नगर्ने छोरा सारुकले मध्यरातमा मसान घाटमा नायिकासँग त्यस्तो पूजा गरेर बुटी बान्दै बोकाको मासु खाएको कुरा सुन्दा पिता सानु छक्क परेका छन् ।

‘तन्त्रविद्या तथा भूतप्रेतमा पटक्कै विश्वास नगर्ने र मासु नखाने मेरो छोराले मसानघाटमा त्यस्तो पूजा गरेर बोकाको मासु खायो भन्दा हामीलाई अचम्म लागेको छ,’ उनले अगाडि थपे, ‘केही समयअघिबाट एउटा कालो कपडाजस्तो डोरीले बानेको बुटी छोराले घाँटीमा लगाएको थियो, मैले त सुटिङका लागि त्यत्तिकै लगाएको होला भन्ठानेको, त्यो बुटीको रहस्य अहिले पो बुझदै छु ।’ यति मात्र होइन, धुमपानसमेत नगर्ने छोराले पछिल्लो समय यस चलचित्रको युनिटसँग बसेर ‘तमाखु’ तान्ने गरेको खबरले समेत आफूलाई दुःखी तुल्याएको उनले बताएका छन् ।

‘उसले हरेक सल्लाह हामीसँग लिन्थ्यो, तर आत्महत्याजस्तो जघन्य निर्णय एक्कासि किन लिनुप¥यो भनेर हामीले अझै बुभ्mन सकेका छैनौं,’ बुबा सानुले भने । सारुक आफ्नो एक्लो छोरा भएको र उनलाई कुनै पनि कुराको कमी हुन नदिएको पनि सानुले बताए । चलचित्र ह्यासट्याग मायाको बूढानीलकण्ठमा छायांकनका क्रममा अभिनेत्री नम्रताले अभिनेता सारुकलाई अर्का नायक रोयदीपकै अगाडि छायांकनस्थलमै गाली गरेको निर्देशक राजीवले खुलासा गरेका छन् ।

सो गालीपछि सारुक दुःखी र चिन्तित बनेको पनि निर्देशक राजीवले दाबी गरे । नम्रताले गरेको गालीको भोलिपल्ट बिहान सुटिङबाट घर जान्छु भनेर हिँडेका सारुक बाबु आमाले बोलाएको पार्टीमा गएनन् । उनी राति साढे १० बजे आफ्नै घरको रेलिङमा पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

सो दिनको घटना’bout बुबा सानु ताम्राकारले भने, ‘दिउँसो आफन्तको पार्टीमा आउनु है भनेर फोन गरेर हामी पार्टीमा गयौं, बेलुकासम्म ऊ पार्टीमा नआएपछि हामी राति ८ बजेपछि घर आउँदा घरभित्रबाटै बन्द थियो र माथि अंग्रेजी गीत बजिरहेको थियो, दुई घन्टाको प्रयासपश्चात् पनि ढोका खोल्न नसकेपछि मान्छे बोलाएर हामी बार्दलीबाट घरभित्र छिरेका थियौं, भित्रबाट पूरै ढोका बन्द गरेको र मोबाइलमा अंग्रेजी गीत बजिरहेको अवस्थामा छोरालाई रेलिङमा पासो लगाएर झुन्डिएको अवस्थामा देख्दा म स्तब्ध भएँ ।’

त्यतिबेलासम्म छोराको शव चिसो भइसकेकाले सारुकले दिउँसै आएर आत्महत्या गरेको हुनसक्ने अनुमान उनको छ । सारुक केही समयअघिसम्म मोटरसाइकलमै यात्रा गर्थे । नायिका नम्रतासँग चलचित्र ह्यासट् याग मायामा आबद्ध भएपछि छोराको मागबमोजिम आफूले रातो कार किनिदिएको पनि बाबु सानुले सुनाए । ‘पकेट खर्च र तेल हाल्न भनेर हामीसँग सातामा ८÷१० हजार रुपैयाँ माग्थ्यो, दुई वर्षभन्दा अघिदेखि यो चलचित्रको तयारीमा रहेको भन्दै ऊ कहिलेकाही त घरै नआई बूढानीलकण्ठस्थित चलचित्रका लागि लिइदिएको घरमा बस्थ्यो ।’

नायिका नम्रताको मागबमोजिम चलचित्रको योगा अभ्यास गर्न निर्माता शर्मिला थापाले विगत ढेड वर्षदेखि मासिक १ लाख ५० हजार रुपैयाँ भाडा तिरेर बूढानीलकण्ठमा घर लिएकी थिइन् । त्यसअघि यस चलचित्रको कार्यालय पाटनमा थियो । चलचित्रको चरित्रअनुसार योग अभ्यास गर्छु भन्दै नम्रता सोही घरमा बस्दै आएकी थिइन् ।

सो अभ्यासका लागि दैनिक ५ हजार तिरेर योग गुरुसमेत उनलाई दिइएको थियो । अभिनेता सारुक पनि चलचित्रको अभ्यासका लागि बेलाबेला त्यहीँ बस्ने गरेको बुबा सानुले खुलाएका छन् । नम्रता र सारुकसहित यस चलचित्रमा अभिनेता रोयदीप, अभिनेत्री निकिता आचार्य, केनिपा सिंह, सुदाम सिकेलगायतको अभिनय रहेको थियो । ४० प्रतिशत मात्र छायांकन सकिएको यस चलचित्रमा हालसम्म ४ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको बताइएको छ । सारुकको निधनपछि यसको निर्माण कार्य अनिश्चितकालका लागि रोकिएको छ ।

सारुकको घटनास्थलको मुचुल्का महानगरीय प्रहरी वृत्त मालिगाउँले उठाएको हो । सारुकको मोबाइल र अन्य प्रमाण अहिले प्रहरीसँगै छ । परिवारले सारुकको पोस्टमार्टमको रिपोर्ट पनि लिन भ्याएका छैनन् । सो बाट बुबा सानुले भने, ‘मंगलबार १३ दिनको काम सकेर म प्रहरीकामा गएर न्यायका लागि उजुरी दिन्छु र अहिले नाम मुछिएकाहरूका बाट’ पनि छानबिनको माग गर्नेछु, सो मोबाइलमा भएको कुरा, पोस्टमार्टमको रिपोर्ट र अन्य कुराको पनि खोजविनका लागि अनुरोध गर्नेछु ।’ सारुकको मृत्युपश्चात अभिनेत्री नम्रता श्रेष्ठ सम्पर्कभन्दा बाहिर छिन् ।

उनी अहिले सञ्चारमाध्यममा आएकी छैनन् । सारुकको अत्येष्टिमा पनि उनी नदेखिएको सानुले बताएका छन् । सारुक र नम्रता तीन वर्ष यताबाट प्रेम सम्बन्धमा रहेको चर्चा चले पनि यस विषयमा उनीहरूले बताएका थिएनन् । नम्रता श्रेष्ठको यसअघि पनि श्रेष्ठ र शेर्पा थरका दुई व्यक्तिसँग प्रेम सम्बन्ध टुटिसकेको थियो । अघिल्लो चलचित्र प्रसाद–२ बाट हटाइएकी अभिनेत्री नम्रता पछिल्लो समय चलचित्र ह्यासट्यागमा सारुकको नायिकाको भूमिकामा रहँदा यो घटना भएको हो । सारुकले नम्रताकै दबाबमा यस चलचित्रमा खलचरित्र निर्वाह गरेको पनि निर्देशक राजीव गुरुङले खुलाएका छन् ।

यता, नेपाल चलचित्र कलाकार संघले आइतबार एक विज्ञप्ति जारी गर्दै यस घटनाको सत्यतथ्य जाँच गर्न सम्बन्धित पक्षसँग माग गरेको छ । कलाकार सानु ताम्राकार नेपाल चलचित्र कलाकार संघका पूर्वकार्यवाहक अध्यक्षसमेत थिए भने सारुक संघका सदस्य भएको पनि संघले जनाएको छ । सारुकको निधनपछि सारुक र नम्रताको विषयमा आएका समाचार र अन्तरवार्ताप्रति संघको ध्यानाकर्षण भएको आइतबार प्रेषित कलाकार संघको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल चलचित्र कलाकार संघका सदस्यसमेत रहेका अभिनेता सारुक ताम्राकारले हाल अभिनय गरिरहेको चलचित्रका जिम्मेवार सदस्यले चलचित्रको छायांकनका क्रममा भएका घटना र सन्दर्भहरू विभिन्न अनलाइनमार्फत् अभिव्यक्ति गर्नुभएकाले सो सम्बन्धमा पनि छानबिन गर्ने निकायले अनुसन्धान गरी यदि कोही दोषी देखिए सत्य तथ्य उजागर गरी कानुनको दायरामा ल्याई कडाभन्दा कडा कानुनी कारबाही गर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published.