बगानलाई ५० हजार जरिवाना, फिल्मको पोष्टर टाँस्न काठमाडौमा रोक

काठमाडौंको भित्तामा कुनै पनि प्रकारको पोष्ट टाँस्न काठमाडौ महानगरपालिकाले निषेध गरेको छ । तथापि चलचित्रका पोष्टरहरु काठमाडौंको भित्तमा टास्कने काम रोकिएको छ । यसरी भित्तामा पोष्टर टाँस्दा अहिले प्रदर्शन भईरहेको चलचित्र बगानले जरिवाना तिर्नु परेको छ । महानगरपालिकाले यो चलचित्रलाई पोष्टर टाँसेर शहर दुषित गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
यो चलचित्रका निर्माता शुरेश वाग्लेले महानगरपालिकाबाट सहयोग पाईएला भनेर अपिल गरेको बेला उल्टै जरिवाना तिर्नु परेको टिप्पणी गरेका छन् । निर्माता वाग्लेले जरिवाना तिरेको ५० हजार रुपैयाँको रसिद नै सामाजिक सञ्जालबाट शेयर गर्दै लेखेका छन्, ‘बालेनजी, आदिपुरूषलाई त रोक्नुभयो, नेपाली सिनेमालाई सहयोग पनि गरिदिनुहोला । हाम्रो जानकारी बिना हाम्रो डिस्ट्रीब्यूटरले आफ्नो घरको भित्तामा टाँसेको पोस्टरलाई महानगरले ५० हजार जरिवाना तिराएछ ।’
उनले यो निकै ठुलो जरीवाना भएको बताएका छन् । आफ्नो घरका भित्तमा वितरकले अन्जानबस पोष्टर टाँसेको पनि उनले दाबी गरेका छन् । यो सिनेमालाई करण श्रेष्ठले वितरण गरिरहेका छन् । करणले आफ्नो कार्यलय र आफ्नो घरको भित्तमा यो चलचित्रको पोष्टर टाँसेका थिए । सोही विषयलाई लिएर आफुहरुलाई जरिवाना गरिएको पनि निर्मात वाग्लेले बताएका छन् ।
तर यो कुरा मान्न काठमाडौं महानगरपालिका तयार छैन । फिल्मको पोष्टर जथाभावी टाँसेको भन्दै जरिवाना तिराईको महानगर प्रहरीको भनाई छ । काठमाडौं महानगरले आफ्नो क्षेत्राधिकारभित्र पर्चा, पम्पलेट, पोस्टर टाँस्न मनाही गरिएको भन्ने जानकारी हुँदा हुँदै पनि अटेर गरेर यो फिल्मको पोष्टर टाँसिएको आरोप नगर प्रहरीको छ । यसै बिषयमा महानगर प्रहरी प्रमुख राजु पाण्डेले चलचित्र बगानको टोलीले नियम मिचेर महानगर फोहोर गरेको बताएका छन् । उनले मिडियाबाजी गर्नुभन्दा अघि आफूलाई यस’boutमा जानकारी गराएको भए त्रुटी सच्चाउन समय पाउने उनले उल्लेख गरेका छन् ।
चलचित्र बगान शुक्रबार रिलिज भएको हो । छैटौं दिनमा यो चलचित्र प्रदर्शन भईरहेको छ । चलचित्रलाई सहयोग गर्न मेयर बालेन शाहलाई अभिनेत्री करिश्मा मानन्धरले फेसबुकमा एक स्टाटस मार्फत अपिल गरेकी थिईन् । तर चलचित्रले महानगर नै फोहोर बनाएको भन्दै फिल्मको पोष्टर च्यातेर निर्माण पक्षलाई महानगरले जरिवाना तिराएपछि करिश्माले यो अपिललाई फेसबुकबाट हटाएकी छिन् । उनले फिल्मको प्रदर्शनमा सहयोग गर्न पनि बालेनलाई अपिल गरेकी थिईन् । एकल महिलाहरुको पक्षमा आवाज उठाएको यो चलचित्रलाई साथ दिन उनको बालेनसँग आग्रह थियो । तर फिल्मको पोष्टर नै हटाएर निर्मातासँग महानगरले जरिवाना तिराएपछि करिश्मा मौन छिन् ।
यता महानगरबाट पोष्टर हटाउने अभियनमा महानगरपालिका लागेपछि अब फिल्मको पोष्टर कहाँटास्ने भन्ने तनावमा निर्माताहरु छन् । सिनेमाको पोष्टर टाँस्नको लागि स्थान उपलब्ध गराईदिन निर्माताहरुले महानगरपालिकालाई अनुरोध गरेका छन् । तर महानगरपालिकाले सो अनुरोधलाई अहिले वेवास्ता गरेको छ ।