दिप गुरुङको निर्देशन रहेको ‘गैरी गाउँकी साइँली’ दर्शकमाझ आउँदै

दिप गुरुङको निर्देशनमा बन्न लागेको ‘गैरी गाउँकी साइँली’ बाेलको मौलिक कौडा गीतको छायाँकन सम्पन्न भएको छ । नेपालको रमणीय तथा पर्यटकीय स्थान घान्द्रुक, कास्कीमा उक्त म्युजिक भिडियो छायाँकन गरिएको हो ।

निर्देशक गुरुङ अहिलेका निकै व्यस्त नेपाली लोक तथा मौलिक गीतका भिडियो निर्देशकमा पर्छन् । उनै गुरुङले नै उक्त म्युजिक भिडियोमा निर्देशनका साथै कोरियोग्राफी पनि गरेका छन् ।

शिव हमालको शब्द रहेको गीतमा तारा श्रीस मगर र विमल परियारले आफ्नो सुमधुर स्वर भरेका छन् । यस्तै विमल परियारकै संगीत रहेको उक्त म्युजिक भिडियोमा अभिनेता धिरेन साक्य, आनन्द गुरुङ, जुना गुरुङ र रिना गुरुङको अभिनय देख्न सकिन्छ ।  

म्युजिक भिडियो नेपालीहरुको माहन पर्व बडा दशैं अघि ‘दिप गुरुङ’ युट्युबबाट दर्शकसामु ल्याउने तयारी रहेको निर्देशक गुरुङले जानकारी दिए ।

About The Author

Leave a Reply

Your email address will not be published.