संगीतकार बास्कोटा म्युजिक भिडियो निर्देशक समाजबाट सम्मानित

नेपाल म्युजिक भिडियो निर्देशक समाजको दोस्रो वार्षिकोत्सवको अवसरमा संगीतकार शम्भुजीत बासकोटालाई ‘आलोक–सुरज स्मृति सम्मान’बाट सम्मानित गरिएको छ । नेपालमा पहिलो म्युजिक भिडियो निर्देशन गरेर भिडियोको यात्रा शुभारम्भ गर्दै नेपाली गीतसंगीत र म्युजिक भिडियोको विकासमा अतुलनीय योगदान दिएको भन्दै बासकोटालाई सम्मान गरिएको कार्यक्रम संयोजक बबिता श्रेष्ठले बताइन् ।

जमलस्थित नाचघरमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा सम्पन्न सो सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा संगीतकार बासकोटासहित विभिन्न गीति भिडियो निर्देशकलाई सम्मान गरिएको थियो ।  नेपाल म्युजिक भिडियो निर्देशक समाजका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डेको सभापतित्वमा भएको सो कार्यक्रममा विशेष सम्मानबाट लोकगायक प्रेमराजा महत, गीति भिडियो सम्पादक प्रकाश तुलाधर, गीति भिडियो छायांकार धिरजजङ्ग शाह, गीति भिडियो निर्देशक शंकर बिसी र गीति म्युजिक भिडियो महिला निर्देशक अनुपा श्रेष्ठ, जनजातिखबरका संरक्षक विजयरत्न तुलाधरलाई  पनि सम्मानित गरिएको छ ।

सोही समारोहमा गीति भिडियो तथा चलचित्र निर्देशक तथा प्रतिनिधिसभा सांसद असिम शाह, गायक दुर्गेश थापा,  कलाकार सागर लम्साल ‘बले’, गायक सजिब सिह राना, गायक ओम सुनार, अभिनेता तेज गिरी, गायक नरेश बुढाथोकीलाई मानर्थ सदस्य सम्मानबाट सम्मानित गरिएको थियो भने गायक दिपेश श्रेष्ठ  बैध र  मौलिक थाली नृत्यांगना एलिजिबा पुर्जा पुनलाई सल्लाहकार सदस्यबाट सम्मानित गरिएको थियो ।

सम्मान समारोहमा विभिन्न स्रष्टा सुमन खतिवडा, गायक निमा पाख्रीन लामा, गायिका पल्मु शेर्पा, गायिका शान्ति कुमारी शाही, गायिका दिपा रावल, दावा लामा,  जेविन, जिभेस श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो भने कार्यक्रममा नृत्य एवम् विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । 

अग्रज गायक आनन्द कार्कीसहित गायक गायिका यस कुमार, प्राश्ना शाक्य, जुनु रिजाल काफ्ले, रामजी खाँडले गीत प्रस्तुत गरे भने यस्तै गायक अभिनेता दुर्गेश थापा, बालकलाकार जेविन र जेविश श्रेष्ठले पनि कार्यक्रममा विशेष प्रस्तुति दिएका थिए । 

उपाध्यक्ष निशान घिमिरे, महासचिव सुब्रतराज आचार्य, सचिव प्रकाश धिताल, सहसचिव समन अधिकारी, सहकोषाध्यक्ष डि.आर सुजन, सदस्य जनक सिंह, गम्भीर बिष्ट, सुरेन्द्र बस्याल, देवेन्द्र  कुवर, देवराज आचार्य र कृष्ण रुपाखेती लगायतको  कार्यक्रम सफल हुनुमा अहं भूमिका रहेको कार्यक्रम संयोजक श्रेष्ठले बताइन् ।

About The Author

Leave a Reply

Your email address will not be published.