‘पशुपतिके जात्रा सिद्राके व्यापार’ सार्वजनिक

 पश्चिम नवलपरासीका साहित्य सर्जक तथा समाजसेवी प्रेमचन्द्र गुप्ताको गीति एल्बम ‘पशुपतिके जात्रा सिद्राके व्यापार’ सार्वजनिक भएको छ । गीति एल्बमले मधेशका जनताको पीडा गीतमार्फत अभिव्यक्त गर्दै मधेशमा भएको विकृति र विसङ्गति उजागर गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका सभापति नारायण शर्माले मधेशका जनताको पीडा गीतमार्फत सार्वजनिक भएको बताउँदै आगामी दिनमा पनि समाजमा रहेका यस्तै समस्या उजागर गर्न सर्जक गुप्तालाई शुभकामना दिनुभयो । 

यस्तै, विशिष्ट अतिथि प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनी प्रदेश अध्यक्ष नवराज कुँवरले गीति एल्बममार्फत मधेशका जनताले वर्षौँदेखि भोगिरहेको पीडा र उत्पीडन सार्वजनिक भएको बताउनुभयो। अध्यक्ष कुँवरले यस प्रकारका गीत र एल्बमले मधेशका जनतामा जागरण बढाउन गर्न सहयोग पुग्ने बताउँदै सर्जक गुप्ताको थप सिर्जनाको लागि शुभकामना दिनुभयो । 

त्यसैगरी एल्बममाथि टिप्पणी गर्दै पत्रकार सुमन अधिकारी र वरिष्ठ लोक सर्जक लक्ष्मण खड्काले एल्बम तयार गर्न सर्जकले गरेको मिहिनेतको प्रशंसा गर्दै कला संस्कृतिको माध्यमबाट विकृति विसङ्गति बाहिर ल्याउने गरी आगामी दिनमा अझै राम्रो एल्बम बनाउन शुभकामना दिनुभयो । 

प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनी प्रदेशका सचिव माधव नेपालको सञ्चालनमा भएको कार्यक्रमको अध्यक्षता वरिष्ठ पत्रकार विष्णु भुसालले गर्नुभएको थियो भने एल्बमका सर्जक प्रेमचन्द्र गुप्ताले लोकगीतको माध्यमबाट मदेशको समाजको विद्यमान अवस्थाको चित्रण गर्ने प्रयास गरिएको बताउनुभयो । 

एल्बममा पाँच वटा गीत समावेश गरिएका छन् । गीति एल्बममा स्वर आशा राव र रूश्मिला गौतमको छ भने गीतको रचना प्रेमचन्द्र गुप्ताले गर्नुभएको हो । 

About The Author

Leave a Reply

Your email address will not be published.