गुरुकुलमा ‘म पनि मान्छे हुँ’

म पनि मान्छे हुँ (मै भी मानव हुँ) भारतीय नाटककार विष्णु प्रभाकरद्वारा लिखित तथा सरोज अर्यालले नेपालीमा अनुवाद गर्नुभएको नाटक हो। नाटकले मनोविज्ञान, शक्ति र राजनीतिका प्रबल विषयहरूको उठान गरेको छ। राजा अशोक नाटकको वास्तविक विषय हुन्। नाटक राजाको बौद्ध शिक्षामा पालना गर्ने निर्णयमा केन्द्रित छ। ७३ मिनेटसम्म र नाटक सम्पन्न भएपछि पनि पात्रहरूको मनोवृत्ति सङ्कीर्णताले दर्शकलाई बन्धी बनाउन सफल रहन्छ।

सरोज अर्यालको निर्देशनमा तयार भएको नाटकमा अङ्कित खड्का, सुष्मा निरौला, विम्ब अधिकारी, अभिषेक शर्मा राजोपाध्याय, सन्दीप डङ्गोल, एडन बात्रि, मनिष व्याञ्जु, संस्कृति दुवाडी र सदिन लुइँटेलको अभिनय रहेको छ। श्रवण राणा मगरले प्रकाश परिकल्पना गर्नुभएको नाटकमा ध्वनि सतीश प्रसाईंको रहेको छ। नाटक असोजको ५ गतेदेखि २० गतेसम्म आरोहण गुरुकुल थापागाउँ कुञ्ज नाटकघर (बानेश्वर) मा मञ्चन हुँदै छ।

About The Author

Leave a Reply

Your email address will not be published.