कमजोर कथा ‘द नन २’

सन् २०१८ मा प्रदर्शन भएको चलचित्र ‘द नन’ को सिक्वेल ‘द नन २’ को कथा त्यहीँबाट सुरु हुन्छ जहाँ चलचित्र ‘द नन’ को कथा समाप्त भएको थियो । यसमा फरक यति हो कि ‘द नन’ कोरिन हार्डीले निर्देशन गरेका थिए भने यसको सिक्वेललाई माइकल चाभ्सले निर्देशन गरेका छन् । चलचित्रलाई सफल सिक्वेलका रूपमा बनाउन त खोजिएको छ तर चलचित्र हेर्दा पहिलेको कथाभन्दा कमजोर भएको महसुस हुन्छ । ‘द नन २’ को कथा पहिलो चलचित्रको घटनाको चार वर्षपछि सन् १९५६ मा रोमानियाबाट सुरु हुन्छ ।

चलचित्रको कथालाई पहिलो भागसँग जोड्न, मौरिस (जोनास ब्लोकेट) लाई राक्षसी शक्ति नन वाल्लाच (बोनी आरन्स) ले कब्जा गरेका हुन्छन् । मौरिसमार्फत उनले म्याकगफिन फेला पार्न मानिसलाई मार्ने गर्छन् । बहिनी इरेन (टाइसा फार्मिगा) र डेब्रा (स्टोर्म रिड) लाई फ्रान्सको बोर्डिङ स्कुलमा केही अनुसन्धान गर्न पठाइन्छ । जहाँ उनीहरूको भेट बालकसँग हुन्छ । दुवैले सेन्ट लुसीको आँखाको अवशेष खोजिरहेका हुन्छन् । यस अवशेषमा इरेन र बालक दुवैका लागि अपराजित शक्तिहरू छन् । चलचित्रको पूरै  कथा स्कुलमा नै समाप्त हुन्छ । यसको कथा यस्तो बिन्दुमा टुङ्गिन्छ जसले दर्शकलाई ९० को दशकको बलिउड हरर चलचित्र हेरिरहेको जस्तो महसुस गराउँछ । 

‘द नन २’ एउटा डरलाग्दो चलचित्र हो तर पूरै चलचित्रमा त्यस्तो कुनै क्षण छैन जसले दर्शकलाई नकमाओस् । डरलाग्दो चलचित्रको सबैभन्दा ठुलो कुरा भनेको त्यसको सङ्गीत नै हो तर यस चलचित्रको सङ्गीतमा पनि कुनै डर लाग्ने भाव छैन । ट्रिस्टन निबीको छायाङ्कनले चलचित्रका केही दृश्यमा डर देखाउने काम गरेको छ तर पनि  दर्शकलाई डरलाग्दो चलचित्र हेर्दै छन् भन्ने महसुस गराउन पर्याप्त प्रभाव भने छाड्दैन ।

माइकल चाभ्ससँग चलचित्रमार्फत आफूलाई प्रमाणित गर्ने सबैभन्दा ठुलो अवसर थियो तर ‘द कन्जुरिङः द डेभिल मेड मी डु इटु’ र ‘द कर्स अफ ला लोरोना’ जस्ता चलचित्र निर्देशन गरिसकेका उनको निर्देशन कौशल यस चलचित्रमा खासै देखिएन । उनका दुवै चलचित्र सामान्य भए पनि यो चलचित्र राम्रो बनेको थियो । सामान्यतया कुनै पनि चलचित्र फ्रेन्चाइजी पहिलोभन्दा पनि राम्रो हुनुपर्छ तर यसले दर्शकमा त्यो छाप छोड्न सकेन । चलचित्रमा निर्देशकको सबैभन्दा ठुलो कमजोरी भनेको बोनी आरोनलाई वाल्लाचको रूपमा प्रयोग गर्न नसक्नु हो । पहिलो चलचित्रमा यो भूमिकालाई जति महìव दिइएको थियो, त्यो यसमा खासै देखिँदैन ।  

About The Author

Leave a Reply

Your email address will not be published.