रहेनन पापीका पिता

राष्ट्रप्रेमी गायक,संगीतकार एवं सामाजिक अभियान्ता जे.पापिका पिता शिव प्रसाद दहालको ९० बर्षको उमेरमा निजि निवास हरिवन नगरपालिका वडा न ११ सर्लाहीमा २०८० असोज ५ गते स्वर्गारोहण भएको हो । दहाल लोकतान्त्रिक आन्दोलनका अगुवा,समाजसेवी एवं परिपक्व राजनैतिक ब्याक्तित्व हुनुहुन्थ्यो। प्रतिनिधि सभा सदस्य एवं पूर्व रक्षामन्त्री हरि प्रसाद उप्रेती तथा ओल्ड इज गोल्ड मर्निङवाक समुहका अध्यक्ष भूवन देवकोटा लगाएत समुहका परिवारले,दहालले राष्ट्रको लागी पुर्याउनु भएको योगदान र भूमिकाको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो। स्व. दहाल लामो समय देखि दम रोगबाट पीडित हुनुहुन्थ्यो । दहालका चार जना छोरा र एक छोरी हुनुहुन्छ । स्व.दहालको भौतिक शरीर हामी माझ नरहेपनी उहाले राष्ट्रको लागि कटिबद्ध भएर, इमानदारी पुर्वक,निरन्तर रुपले पुराउनु भएको योगदान सदा सदा अबिस्मरणिय रहिरहने छ। हार्दिक श्रद्धाञ्जली ।