‘चिठ्ठी’को पोष्ट प्रोडक्सनको कार्य सम्पन्न

कमेडी, सस्पेन्स र थ्रिलर जनरामा बनेको चलचित्र ‘चिठ्ठी’को पोष्ट प्रोडक्सनको कार्य पूर्णरुपमा सम्पन्न भएको निर्माण पक्षले बताएको छ ।
एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र चिठ्ठीमा सञ्जित भण्डारी, खड्गबहादुर पुनमगर ‘खवपु’, गोपाल ढकाल छन्दे, नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसेका साथै बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, माधव खरेल, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, कृष्ण भट्टराई, डेविल सिंह, रश्मि भट्ट, उद्धव भट्टराई, राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पूर्ण राई, राजु कार्की, रन्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
सरोज कोइरालाको संगीत, शिब परियार, बेनिसा पौडेल, बसन्त अर्यालको स्वर रहेको चिठ्ठीमा डा.कृष्णहरि बराल र कमला जोशीको शब्द रचना रहेको छ । चलचित्रमा एउटा शिवताण्डव भजनसमेत रहेको छ । जुन भजनको संगीत संगीतकार राजेन्द्र बजगाईंले गरेका हुन् ।
जीवन पराजुली एवम् राजन खरेलको छायाँकन रहेको चलचित्र चिठ्ठीको काठमाडौं, काभ्रेपलाञ्चोक, ललितपुरलगायतका रमणीयस्थलमा छायाँकन गरिएको छ । चलचित्र २०२४ भित्रै प्रदर्शनमा आउने अनुमान गरिएको छ । सञ्चारकर्मी कमला जोशी निर्माता रहेको चलचित्रका निर्देशक माधव राज खरेल हुन् ।