चलचित्र ‘परदेशी २’को अग्रिम टिकट बुकिङ सुरु

असोज २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘परदेशी २’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभरका स्टेशनमा सिनेमालाई पहिलो दिन ३७ शोज उपलब्ध गराएको छ ।
यसैगरी दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआईले ‘परदेशी २’लाई आफ्नो तीनटा स्टेशनमा १२ शोज दिएको छ । रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स र सिके सिनेमाजले समान ४/४ शो दिँदा क्यूज सिनेमाजले २ शो दिएको छ । काठमाडौंका अरु मल्टीप्लेक्सहरु बिग मुभिजमा ३ शो, वान सिनेमाज्मा १२ शो उपलब्ध गराएको छ ।
आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान बाध्य नेपालीहरुको कथालाई प्रस्तुत गरेका सिनेमा ‘परदेशी’ घरेलू बक्स अफिसमा सुपरहिट भएको थियो । अब यो सिनेमा दोस्रो श्रृंखला शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । दर्शकमाझ राम्रो हाइप बनाएकाले गर्दा पनि सिनेमा सफल हुने सम्भावना बलियो देखिएको छ ।