‘सपनाको घर’ सार्वजनिक

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कौसीद’ मा समावेश गीत ‘सपनाको घर’ सार्वजनिक भएको छ । दुःखबाट बाहिर निस्केर सुखी जिन्दगीको सपना बुनेको एक परिवारको कथालाई गीतमा प्रस्तुत गरिएको छ ।

सार्वजनिक लिरिकल भिडियोसहितको गीतमा स्वर आशिष रोक्काको छ । शब्द तथा सङ्गीत पनि आशिषले नै तयार पार्नुभएको हो । गीतको लिरिकल भिडियोमा प्रमुख कलाकार भोलाराज सापकोटा र ऋचा शर्मासँगै उहाँहरूको फिल्मी परिवारलाई देखाइएको छ । कुमार भाष्करको निर्देशनमा बनेको चलचित्रमा रुपेश दाहाल, परिक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भीक भट्टराई र सन्दीप लोहनी पनि मुख्य अभिनयमा छन् ।

केदार भुसालको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सहनिर्माता लक्ष्मण बानियाँ हुनुहुन्छ । चलचित्रको कथा लेखन नवविजयप्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गर्नुभएको हो । निसाल पौडेलले छायाङ्कन गर्नुभएको चलचित्रमा भीम विश्वकर्माको सम्पादन छ ।

बड पिक्चर्सको ब्यानरमा तयार भएको चलचित्रलाई आर आर फिल्मस्ले वितरण अधिकार लिएको छ । चलचित्रले वित्तीय ऋणको चपेटामा परेको एक शिक्षकको परिवारको कथा बोल्छ ।

About The Author

Leave a Reply

Your email address will not be published.