डोल्मो घिसिङको ‘हे मेरी आमा’ बोलको गीत बजारमा

डोल्मो घिसिङ तामाङको ‘हे मेरी आमा’ बोलको गीत बजारमा आएको छ । डोल्मो घिसिङको प्रस्तुती, शब्द र संगीत रहेको उक्त गीतलाई उहाँकै अफिसियल युटुब च्यानल डोल्मो घिसिङ तामाङमार्फत बजारमा ल्याएको हो ।

बुद्ध स्याङ्बाको संगीत संयोजन, मिक्सिङ र मस्टरिङ रहेको उक्त गीतलाई गायक एवम् संगीतकार राज कुमार दोङ तामाङ र गायिका रश्मी दोङ तामाङको आवाज रहेको छ ।

भिडियोमा उहाँकै गायक एवम् संगीतकार राजकुमार दोङ र याङगी दोङको अभिनय देख्न सकिन्छ । निशल बस्नेतले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन, युवराज वाइबाले निर्देशन, लोमुस पौडेलले सह–निर्देशन गर्नुभएको हो ।

About The Author

Leave a Reply

Your email address will not be published.