फिल्म ‘हर्ष’मा खगेन्द्र लामिछाने, वर्षा राउतको अभिनय

एकता पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘हर्ष’को मुहूर्त गरिएको छ । महाशिवरात्रिको अवसर पारेर बुधबार काठमाडौंको ठमेलस्थित त्रिदेवी मन्दिरमा मुहूर्त गरिएको हो । मुहूर्त समारोहमा फिल्मका मुख्य कलाकारहरु खगेन्द्र लामिछाने, वर्षा राउत, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, सुवर्ण थापा, अंशु थापा लगायतको उपस्थिति थियो ।फिल्ममा सन्तोष पन्त, निमा पाण्डे, संगीता नापित, श्रृष्टि महर्जन लगायतको पनि अभिनय रहनेछ ।

 फिल्ममा आलोक शुक्लाको छायांकन तथा वसन्त सापकोटा र एलिश कार्कीको संगीत रहनेछ । यसमा लोकेश बज्राचार्य सम्पादक तथा सुनिल क्षेत्री कोरियोग्राफरको रुपमा छन् । फिल्मको निर्माता प्रसन्न पौडेल र विकास पौडेल हुन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल छन् ।

 न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङसम्बन्धी अध्ययन गरेकी एकता पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘हर्ष’ पारिवारिक-सामाजिक कथामा बन्ने उनको भनाइ छ । ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा बन्न लागेको फिल्मलाई आगामी वर्ष रिलिज गर्ने लक्ष्य राखिएको छ । pic- surendra thapa

About The Author

Leave a Reply

Your email address will not be published.