सबिन श्रेष्ठको नयाँ कमेडी सिरिज “ए घरबेटी बा” सार्वजनिक

काठमाडौं । कलाकार सबिन श्रेष्ठले “ए घरबेटी बा” नामक नयाँ वेब सिरिज सार्वजनिक गरेका छन्। कमेडी शैलीमा निर्माण गरिएको यो सिरिजको ट्रेलर सार्वजनिक भइसकेको छ।
दिनेश खड्काको कथा र निर्देशन रहेको यस सिरिजलाई अनु शाहले निर्माण गरेकी हुन्। यो सिरिज सबिन श्रेष्ठको आफ्नै युट्युब च्यानलबाट प्रशारण हुनेछ। सिरिजमा सबिन श्रेष्ठ ‘एज रक्की’, दिनेश खड्का ‘एज एचडी’ र प्रकाश श्रेष्ठ ‘एज धनकाजी’को भूमिकामा देखिएका छन्।
काठमाडौं शहरमा कोठा भाडामा लिएर बस्ने दुई युवा र घरभेटीको कथालाई मुख्य विषय बनाइएको यस सिरिजमा मोनिका बुढाथेकी, सिताराम दाहाल, सुलेमान शंकर ‘ईकु’ लगायतका कलाकारको अभिनय रहेको छ।
सबिन श्रेष्ठले भने, “मैले प्रायः एक्सन शैलीका फिल्ममा काम गरेको छु, तर यो पटक कमेडी जनरको वेब सिरिज लिएर आएको छु। काठमाडौंमा बाहिरबाट आएका युवायुवतीले गर्ने संघर्षको कथालाई कमेडी शैलीमा देखाउन खोजेका छौं, जसले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेछ।