नेपाल चलचित्र कलाकार संघद्वारा कलाकारहरू सम्मानित, पुरस्कार वितरणको घोषणा

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले आफ्नो हालै सम्पन्न कार्यकारिणी समितिको बैठकबाट विभिन्न कलाकारहरूलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको छ। संघले नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका कलाकारहरूको कदरस्वरूप पुरस्कार वितरणको घोषणा गरेको हो।

संघद्वारा स्थापित ‘नेपाल चलचित्र कलाकार संघ पुरस्कार’ अन्तर्गत वि.सं. २०७८ को पुरस्कार चरित्र अभिनेता मुकुन्द किसोर भट्टराई, वि.सं. २०७९ को पुरस्कार चरित्र अभिनेता लय संग्रौला र वि.सं. २०८० को पुरस्कार अभिनेता पुरण जोशीलाई प्रदान गरिने भएको छ।

यसैगरी, संघका संस्थापक संयोजक स्व. शान्ती मास्केको स्मृतिमा स्थापित ‘स्व. शान्ती मास्के स्मृति पुरस्कार’ अभिनेत्री गौरी मल्ललाई अर्पण गरिने भएको छ।

संघले यस वर्षदेखि दिवंगत कलाकार गोपाल राउतको सम्झनामा ‘स्व. गोपाल राउत स्मृति पुरस्कार’ पनि प्रदान गर्ने निर्णय गरेको छ, जस अन्तर्गत कलाकार रामकाजी घिमिरे सम्मानित हुनेछन्।

संघले डा. रुपक घिमिरे, अभिनेता धिरेन शाक्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह र एयरसेल ट्राभललाई पनि सम्मान गर्ने निर्णय गरेको छ।

यी सबै पुरस्कार र सम्मान चैत ४ गते आयोजना हुने संघको वार्षिक साधारण सभामा वितरण गरिनेछ।

नेपाल चलचित्र कलाकार संघ पुरस्कारको राशी जनही रु. ७५,००० रहेको छ भने स्व. शान्ती मास्के स्मृति पुरस्कारको राशी रु. ५६,००० रहेको छ। त्यसैगरी स्व. गोपाल राउत स्मृति पुरस्कारको राशी रु. १०,००० रहेको छ।

यसअघि पनि नीर शाह, बसुन्धरा भुसाल, मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतका थुप्रै कलाकारहरूलाई यो पुरस्कारद्वारा सम्मानित गरिएको थियो।

About The Author

Leave a Reply

Your email address will not be published.