रोमान्टिक कमेडी फिल्म ‘माया प्रीति’ ले कास्टिङ कल आह्वान गर्यो

काठमाडौं / नयाँ पुस्ताको प्रेम कथामा आधारित रोमान्टिक कमेडी फिल्म ‘माया प्रीति’ ले नयाँ कलाकारहरूको लागि कास्टिङ कल आह्वान गरेको छ।
फिल्मको प्रमुख भूमिकाका लागि एक पुरुष कलाकार, नेगेटिभ भूमिकाका लागि पुरुष कलाकार, पारिवारिक सदस्यका लागि पुरुष तथा महिला कलाकार, साथै अन्य सहायक भूमिकाहरूका लागि अडिसन खोलिएको निर्देशक अवि श्रेष्ठ ले जानकारी दिएका छन्।
फिल्ममा अभिनेत्री दिव्या रायमाझी प्रमुख भूमिकामा अनुबन्धित भइसकेकी छन्। फिल्मको कलाकार व्यवस्थापन लिभेन्ट्स् स्टुडियो ले दिव्या रायमाझीको जोडीको रूपमा अभिनय गर्ने पुरुष कलाकारसहित अन्य भूमिकाहरू का लागि अडिसन खुला गरिएको जनाएको छ।
अडिसनका लागि इच्छुक कलाकारहरूले
✅ ९७००६१७४३४ नम्बरमा रहेको WhatsApp मा सम्पर्क गर्न सक्नेछन्।
✅ बायोडाटा, फोटोहरू, र १ देखि ४ मिनेटसम्मको अभिनय भिडियो क्लिप पठाउनु पर्नेछ।
निर्देशक श्रेष्ठका अनुसार ‘माया प्रीति’ एक निःशर्त प्रेमको यात्रा हो, जसमा जस्तोसुकै परिस्थितिमा पनि प्रेमको गहिराइ महसुस हुनेछ।
फिल्मप्रति दर्शकमाझ उत्सुकता बढ्दै गएको छ, विशेष गरी नयाँ कलाकारको खोजीले युवामाझ थप आकर्षण पैदा गरेको छ।