फिल्म ‘बलिदान’ को पहिलो क्यारेक्टर लुक्स सार्वजनिक

काठमाडौं / दशैं फूलपातिमा प्रदर्शन हुने तयारीमा रहेको बहुप्रतीक्षित नेपाली फिल्म ‘बलिदान’ ले आफ्नो पहिलो क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा शुक्रबार ‘किरण’ पात्रको लुक्स सार्वजनिक गरिएको हो।

डेब्यु अभिनेत्री कविता राय द्वारा निभाइएको किरन पात्रको पोस्टरमा उनको अनुहार रक्ताम्य देखिन्छ, र एक आँखामात्र स्पष्ट देखिने गरी फ्रेम गरिएको छ। पोस्टरले फिल्मको गम्भीर र सशक्त कथावस्तुलाई संकेत गर्छ।

निर्देशक सन्तोष सेन का अनुसार, फिल्मले राज्यको मूलधारबाट किनारिएको वर्ग र त्यस वर्गको वास्तविकतालाई काल्पनिक रूपमा चित्रण गर्नेछ। महिला प्रमुख पात्रको रूपमा किरनको भूमिकाका लागि अडिसनमार्फत कविता राय चयन गरिएको थियो।

‘हाम्रो कल्पनाको किरन, जसको आवरण, आचरण, बोल्ने लवज र अभिनय क्षमता कविता रायमा भेटिएकाले हामीले उनलाई यो भूमिकाका लागि छनोट गरेका हौं’ निर्देशक सेनले बताए।

फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारको दमदार अभिनय रहनेछ। यसअघि ‘प्रेमगीत’ जस्ता हिट फिल्म निर्माण गरिसकेको ‘आसुसेन फिल्म्स प्रालि’ को ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताका रूपमा संलग्न छन्।

फिल्मको क्यारेक्टर लुक्सले दर्शकमाझ उत्सुकता बढाइरहेको छ भने दशैं फूलपातिमा फिल्म हलमा यसको प्रदर्शन हुने तयारी छ।

About The Author

Leave a Reply

Your email address will not be published.