फागु पूर्णिमा नजिकिँदै गर्दा ‘आयो रे आयो ह्याप्पी होली’ सार्वजनिक

काठमाडौं / फागु पूर्णिमा (होली) नजिकिँदै गर्दा यससँग सम्बन्धित नयाँ गीतहरू सार्वजनिक हुने क्रम जारी छ। यसैबीच, गायक समीक्षा चौधरी र विश्व चौधरीको स्वरमा रहेको होली गीत ‘आयो रे आयो ह्याप्पी होली’ सार्वजनिक भएको छ।
गीतमा उपेन्द्र ‘अविरल जिज्ञासु’ र विश्व चौधरीको शब्द तथा संगीत रहेको छ। थारू समुदायको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षलाई उजागर गर्ने उद्देश्यले गीतको भिडियो समेत निर्माण गरिएको छ।
भिडियोमा देव महतो र ममता चौधरीको आकर्षक अभिनय देख्न सकिन्छ। हिरा चौधरीको निर्देशनमा बनेको उक्त भिडियोको छायांकन डिक्याक्स विक्रमले गरेका हुन् भने सम्पादन हिरा चौधरीले गरेका छन्।
थारू समुदायमा होली पर्वको छुट्टै महत्व रहेकोले सोही पक्षलाई भिडियोमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ। गीतले होली पर्वको रौनक थप बढाउने विश्वास गरिएको छ।