‘सालको पात टपरी’ युट्युबमा १० करोड भ्यूज पार गर्ने दोस्रो नेपाली लोकगीत

काठमाडौं / वसन्त थापाद्वारा संगीतबद्ध लोकप्रिय लोकगीत ‘सालको पात टपरी’ युट्युबमा १० करोड पटक हेरिएको दोस्रो नेपाली लोकगीत बनेको छ।

यसअघि खेम सेन्चुरीको ‘अरेली काँडैले’ १० करोड भ्यूज पार गर्ने पहिलो लोकगीत बनेको थियो। नवराज पन्तको शब्द, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको ‘सालको पात टपरी’लाई यो कीर्तिमान बनाउन ६ वर्ष लागेको हो। विशेषगरी तीज पर्वको अवसरमा रिलिज भएको यो गीत देश तथा विदेशमा धेरै गुञ्जिने गीतमध्ये एक हो।

गीतको सफलताप्रति संगीतकार वसन्त थापाले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै लेखेका छन् –
“यो सफलता असफलता पनि ऋतु र यामहरू जस्तै प्राकृतिक रूपमा अगाडि बढोस् भन्ने चाहना छ। हिजो एक हुँदै आज सयमा छ, भोलि पनि रहिरहोस्। यो १०० मिलियन यात्रामा साथ दिने सबै मौलिक मनहरू प्रति नतमस्तक छु।”

यसअघि खेम सेन्चुरीको संगीत, नेत्र अर्यालको शब्द र शान्तिश्री परियारको स्वर रहेको ‘अरेली काँडैले’ १० करोड भ्यूज पार गर्ने पहिलो नेपाली लोकगीत बनेको थियो। ‘सालको पात टपरी’ले यो कीर्तिमान बनाएपछि नेपाली लोकसंगीतको लोकप्रियता डिजिटल माध्यममा पनि बलियो हुँदै गएको संकेत गरेको छ।

About The Author

Leave a Reply

Your email address will not be published.