निशा कार्की ‘सिङ्गिङ स्टार नेपाल’ को उत्कृष्ट १२ मा प्रवेश

मोरङ/ ग्रामथान गाउँपालिका-६ की प्रतिभाशाली गायिका निशा कार्की नेपालकै लोकप्रिय गायन रियालिटी शो ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ को उत्कृष्ट १२ मा प्रवेश गरेकी छिन्। उनले विभिन्न प्रतिस्पर्धीलाई पछि पार्दै भोटिङ राउण्ड मा स्थान बनाउन सफल भएकी हुन्।

बाल्यकालदेखि नै गायनमा रुचि राख्दै आएकी कार्कीले प्रतियोगितामा आफ्नो प्रतिभा प्रदर्शन गर्दै निर्णायक तथा दर्शकको मन जित्दै अघि बढिरहेकी छिन्। हाल सुकुना बहुमुखी क्याम्पसमा बिबिए आठौं सेमेस्टरमा अध्ययनरत कार्कीले नेपाली संगीत क्षेत्रमा योगदान दिने लक्ष्यसहित आफ्नो यात्रा अगाडि बढाइरहेकी छन्।

उनलाई जिताउन चाहने शुभचिन्तकहरूले AVENTOZ APP डाउनलोड गरी ‘सिङ्गिङ स्टार नेपाल’ मा गई निशा कार्कीको फोटोमा क्लिक गरेर “Vote Now” मा गएर भोट गर्न सक्नेछन्।

निशा कार्कीले विभिन्न कभर गीतहरूका साथै आफ्नै अफिसियल गीतहरू समेत गाइसकेकी छिन्। उनको मीठो स्वरले सामाजिक सञ्जाल टिकटकमा राम्रो लोकप्रियता पाइरहेको छ।

‘सिङ्गिङ स्टार नेपाल’ नेपाली संगीतप्रेमी दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै नयाँ प्रतिभाशाली गायक-गायिका खोज्ने उद्देश्य बोकेको मौलिक नेपाली गायन रियालिटी शो हो। कार्यक्रम हरेक शनिबार र आइतबार राति ९:०० बजे प्राइमटाइम्स एचडी टिभीमा प्रसारण हुँदै आएको छ।

उक्त शोमा निर्णायकको भूमिकामा गायिका त्रिशला गुरुङ, संगीतकार अर्जुन पोखरेल र गायक सनुप पौडेल रहेका छन्। शोले नेपाली संगीत क्षेत्रमा नयाँ प्रतिभा उजागर गर्दै संगीत क्षेत्रको स्तरवृद्धि गर्ने लक्ष्य लिएको छ।

About The Author

Leave a Reply

Your email address will not be published.