फिल्म ‘वसन्त’ को गीत युट्युब ट्रेन्डिङमा शीर्ष स्थानमा

काठमाडौं / आगामी चैत २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘वसन्त’ को गीत ‘बिना स्वादैको’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ।

फिल्म प्रदर्शनको १० दिनअघि सार्वजनिक भएको यो गीत संगीत खण्डतर्फ पहिलो स्थानमा उक्लिएको हो। गायक देवेन्द्र बब्लु (दि फिरन्ते) को स्वर रहेको गीतलाई हालसम्म १२ लाखभन्दा बढी पटक हेरिएको छ। अधिकांश दर्शकहरूले गीतको धुन र भावनात्मक प्रस्तुतिलाई मन पराएका छन्।

गीतमा शब्द र संगीत प्रकाश सपुत र देवेन्द्र बब्लुको रहेको छ भने संगीत संयोजन योगेश काजी शाह ले गरेका छन्। हरर रोमान्टिक थिममा तयार पारिएको भिडियोमा अन्तरजातीय प्रेम र त्यसलाई तोड्न परिवारले गरेको प्रयासलाई चित्रण गरिएको छ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू प्रभात पाल ठकुरी, श्री शिभान्सी, देवेन्द्र बब्लु, मुख्य सहायक निर्देशक सुनिल विक तथा कलाकार विशाल पहारी प्रस्तुत छन्।

फिल्म ‘वसन्त’ का मुख्य विशेषता

निर्देशक: प्रकाश सपुत

मुख्य कलाकारहरू: प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे

निर्माता: मोहन विश्वकर्मा, बिन्दु बोहोरा

कार्यकारी निर्माता: अनुरोध भट्टराई, नाना थकाली, विरेन्द्र नारायण श्रेष्ठ

गलबन्दी प्रोडक्सनको ब्यानरमा सामाजिक कथामा बनेको ‘वसन्त’ ले दर्शकहरूबीच ठूलो उत्सुकता पैदा गरेको छ। चलचित्रको गीतले पाएको लोकप्रियताले फिल्मलाई राम्रो ओपनिङ दिलाउने अपेक्षा गरिएको छ।

About The Author

Leave a Reply

Your email address will not be published.