फिल्म ‘राजागंज’ सेन्सर बोर्डबाट प्रदर्शन अनुमति प्राप्त

काठमाडौं / निर्देशक दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट प्रदर्शन अनुमति पाएको छ। यसअघि बोर्डले प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा दिएको भाषणको भिडियो समावेश गरिएको र हिन्दी भाषा प्रयोग गरिएको भन्दै अनुमति नदिएको थियो।
बोर्डले राखेका सबै सर्तहरू पूरा गरेपछि फिल्मलाई अनुमति दिइएको निर्देशक रौनियारले जानकारी दिए। उनका अनुसार अब फिल्मबाट प्रधानमन्त्रीको भाषण हटाइनेछ भने हिन्दी भाषाका संवाद म्युट गरिनेछ।
फिल्म ‘राजागंज’ को प्रदर्शन मिति भने हालसम्म घोषणा गरिएको छैन।