टिकाराम ढकालको नयाँ गीत ‘हिजै राति सपनीमा’ सार्वजनिक

काठमाडौँ / गायक तथा गीतकार टिकाराम ढकालको नयाँ गीत ‘हिजै राति सपनीमा’ सार्वजनिक भएको छ। मंगलबार ढकालको आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो।

गीतमा चर्चित गायक आनन्द कार्कीको सुमधुर स्वर रहेको छ भने संगीतकार शिखर सन्तोषले संगीत भरेका छन्। शब्द भने टिकाराम ढकालकै रहेको छ।

गीतको म्युजिक भिडियोमा दिपेन्द्र खत्री, ज्योति खडका, र राजन राज घिमिरेले अभिनय गरेका छन्। भिडियोको निर्देशन सिमोन न्यौपानेले गरेका छन्।

वैदेशिक रोजगार बोर्डका निर्देशकसमेत रहेका ढकालले यसअघि ‘छोरो गयो परदेश’ जस्ता लोकप्रिय गीतहरू बजारमा ल्याइसकेका छन्।

About The Author

Leave a Reply

Your email address will not be published.