गायक कृष्ण कार्कीको नयाँ गीत ‘जुनेली रात’ सार्वजनिक

काठमाडौं / डेब्यु गीत ‘घरबार’ मार्फत दर्शक तथा श्रोता माझ परिचित गायक कृष्ण कार्कीले नयाँ गीत ‘जुनेली रात’ सार्वजनिक गरेका छन्।

कृष्ण कार्कीको स्वर रहेको गीतमा सन्दीप कार्कीको शब्द रहेको छ भने सुन्दर मगरले संगीत संयोजन गरेका छन्। गीतमा एक युवकले आफूले मन पराएको युवतीप्रति व्यक्त गर्ने भावनालाई समेटिएको छ।

सन्दीप बाबु लोहनी र समिया कार्की फिचर्ड रहेको गीतको भिडियोमा, समियालाई देखेपछि सन्दीप एकोहोरो प्रेममा पर्ने कथा देखाइएको छ। यसअघि ‘डुब्लिकेट माया’ लगायतका गीतमार्फत दर्शकको मन जितिसकेका कृष्ण कार्की ‘जुनेली रात’ मार्फत फेरि दर्शकमाझ आएका छन्।

गीतको भिडिओमा राजीव समरको कोरियोग्राफी र निर्देशन रहेको छ भने छायांकन निर्देशन रामकुमार केसीले गरेका छन्। सङ्कल्प भुजेलको छायांकन रहेको भिडिओलाई सुप्रिम पराजुलीले रङ संयोजन र विवेक सुनारले सम्पादन गरेका छन्।

‘जुनेली रात’को मनोहर दृश्य र प्रेमभावनासहितको प्रस्तुतिले दर्शक तथा श्रोताको मन जित्ने विश्वास गरिएको छ।

About The Author

Leave a Reply

Your email address will not be published.