गायक शिरीष खड्काको नयाँ गीत ‘मेरी मायालु’ सार्वजनिक

काठमाडौं / गायक शिरीष खड्काले आफ्नो नयाँ गीत ‘मेरी मायालु’ सार्वजनिक गरेका छन्। यो गीत शिरीष खड्काकै शब्द, संगीत र स्वरमा तयार भएको हो र उनको आधिकारिक युट्युव च्यानल ‘शिरीष खड्का अफिसियल’ मा सार्वजनिक गरिएको छ।

गीतको म्युजिक भिडियो पाल्पाको ऐतिहासिक रानीमहल दरवार मा छायांकन गरिएको छ, जसलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ। गायक खड्का यस गीतको माध्यमबाट श्रोताहरूसँग पुनः सांगितिक क्षेत्रमा फर्किएका छन्।

गायक खड्काको २००८ मा रेकर्ड र २००९ मा म्युजिक भिडियो बनेको ‘चिहानकी परी’ गीत निकै प्रसिद्ध थियो, जसले उनलाई सांगितिक क्षेत्रमा स्थापित बनाएको थियो। त्यस्तै, उनका अन्य गीत ‘बज्र’, ‘आउन कान्छी’ लगायतलाई पनि श्रोताले अत्यधिक रुचाएका छन्। अब, गायक खड्का ‘मेरी मायालु’ गीत मार्फत श्रोताहरूको मन जित्ने विश्वास व्यक्त गर्दै सांगितिक कोसेली लिएर पुनः बजारमा आएका छन्।

About The Author

Leave a Reply

Your email address will not be published.