नितेश तिवारी निर्देशित ‘रामायण’को छायांकन सुरु, यशले रावणको भूमिकाबाट यात्रा आरम्भ

भारतीय फिल्म जगतमा अत्यधिक प्रतीक्षित मानिएको नितेश तिवारी निर्देशित ‘रामायण’ले छायांकन सुरु गर्न लागेको छ। निर्माता नमित मलहोत्राको संयुक्त लगानीमा निर्माण हुन लागेको यस फिल्ममा रणवीर कपुर, सन्नी देओल र साई पल्लवीको साथमा अब सुपरस्टार यश पनि औपचारिक रूपमा जोडिएका छन्।

स्रोतका अनुसार, यशले आफ्नो अर्को फिल्म ‘टक्सिक’को प्रमुख छायांकन तालिका पूरा गरेपछि अब ‘रामायण’को सेटतर्फ लाग्ने तयारीमा छन्। मुम्बईमा यसै साताबाट सुरु हुने छायांकनमा यशले रावणको भूमिका निर्वाह गर्नेछन्।

यशले फिल्मको आधिकारिक सुरुवातको रूपमा उज्जैनको प्रसिद्ध श्री महाकालेश्वर मन्दिरको दर्शन गरेका छन्। यसरी मन्दिर दर्शनबाट आफ्नो फिल्म यात्रा सुरु गर्नु उनको पुरानो परम्परा हो, जसले उनको आध्यात्मिक आस्थालाई झल्काउँछ।

नितेश तिवारीको निर्देशन, यशको रावणको भूमिका र बलियो स्टार कास्टको संयोजनले यो फिल्मप्रति दर्शकको उत्साह अझ बढेको छ।

About The Author

Leave a Reply

Your email address will not be published.