‘नरसिंहाः अवतार’ जेठ ९ गतेदेखि प्रदर्शनमा, चर्चामा ‘अच्छा लेकिन लण्डनको’ गीत

काठमाडौं / आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको एक्सनप्रधान नेपाली फिल्म ‘नरसिंहाः अवतार’ यतिबेला चर्चामा छ। फिल्मको प्रचार प्रसार तीव्र हुँदै गर्दा सार्वजनिक भएको गीत ‘अच्छा लेकिन लण्डनको’ ले दर्शकमा व्यापक उत्सुकता पैदा गराएको छ।

युट्युबमा रिलिज भएको ६ दिनमै १७ लाखभन्दा बढी भ्यूज बटुलेको यस गीतले फिल्मको हाइप निर्माणमा ठूलो भूमिका खेलेको छ। ‘स्टारकास्ट’ र प्रचार सामाग्रीले फिल्मप्रति दर्शकको चासो बढाउँदै लगेको छ।

फिल्म नजिकिँदै जाँदा निर्माण टिमले प्रचारलाई थप तीव्रता दिएको छ। मंगलबार सार्वजनिक गरिएको नयाँ पोस्टरमा राजेश हमालसहित १६ जना कलाकार देखिएका छन्। यसले फिल्ममा प्रत्येक कलाकारको भूमिका र गेटअप झल्काउँछ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म राजेश हमालको ८ वर्षपछिको कमब्याक हो। हमालसँगै फिल्ममा सरोज खनाल, नीर शाह, नीति शाह, सनिशा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिब जंग बस्नेत, राकेश मानन्धर टार्जन लगायतका कलाकारको अभिनय छ।

चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको द्वन्द्व निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत, राजु विक्रम थापाको छायांकन, समीर मियाको भिएफएक्स तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

नेम महर्जन निर्माता रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी रहेको छ। प्रचारप्रसारको उचाइ र दर्शकको प्रतिक्षालाई हेर्दा फिल्म बक्स अफिसमा सफल हुने अनुमान गरिएको छ।

About The Author

Leave a Reply

Your email address will not be published.