रानी मुखर्जीको ‘मर्दानी ३’ २०२६ को होलीमा प्रदर्शन हुने, पहिलो पोस्टर सार्वजनिक

काठमाडौं / यशराज फिल्म्सले रानी मुखर्जी अभिनीत बहुप्रतीक्षित पुलिस एक्शन थ्रिलर ‘मर्दानी ३’ को प्रदर्शन मिति सार्वजनिक गरेको छ। हिट फ्रेन्चाइजको तेस्रो भागको रूपमा तयार भएको यो फिल्म २०२६ को होली अवसरमा रिलिज हुने निश्चित भएको हो।

स्टुडियोका अनुसार, फिल्म २०२६ फेब्रुअरी २७ मा होलीको एक हप्ता अघि देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ। सोही अवसरमा यशराज फिल्म्सले फिल्मको पहिलो पोस्टर पनि सार्वजनिक गरेको छ, जसमा रानी मुखर्जी बन्दुक समातेर उग्र लुकमा देखिएकी छन्।

फिल्ममा रानीले फेरि एकपटक निडर र न्यायको प्रतीक प्रहरी अफिसर एसपी शिवानी शिवाजी रोयको भूमिकामा पुनरागमन गर्नेछिन्। निर्देशक अभिराज मिनावालाको निर्देशनमा तयार हुने यो फिल्मले सामान्य चाडपर्वको उत्सवभन्दा फरक, एक नाटकीय र हिंसात्मक द्वन्द्व प्रस्तुत गर्ने निर्माता टिमले जनाएको छ।

‘मर्दानी’ फ्रेन्चाइज सधैं महिला सशक्तीकरण, अन्याय विरुद्धको संघर्ष र सामाजिक यथार्थका कथावस्तुमा केन्द्रित रहँदै आएको छ। तेस्रो किस्ता पनि यस्तै कथानकमा आधारित रहने संकेत दिइएको छ।

रानी मुखर्जीको दमदार अभिनय र समाजसँग गाँसिएका मुद्दाको उठानले यो फिल्म पनि दर्शकको ठूलो उत्साहसँग प्रतिक्षामा रहेको छ।

About The Author

Leave a Reply

Your email address will not be published.