कृति सेननले लिइन कियारा आडवाणीको स्थान, रणवीर सिंहसँग ‘डन ३’ मा देखिँदै

काठमाडौं/ बलिउड सुपरस्टार अमिताभ बच्चन र शाहरुख खानपछि अब रणवीर सिंहले ‘डन’ को भूमिका निभाउन लागेका छन्। लामो समयदेखि चर्चा हुँदै आएको मेगा बजेट एक्सन थ्रिलर फिल्म ‘डन ३’ अब एक नयाँ मोडमा प्रवेश गरेको छ।

पूर्व घोषणा अनुसार अभिनेत्री कियारा आडवाणीलाई रणवीरसँग प्रमुख भूमिकामा कास्ट गरिएको थियो। तर हालै उनले गर्भावस्थाका कारण फिल्मबाट टाढा रहने निर्णय गरेकी छन्। त्यसपछि कियारा आडवाणीको स्थानमा को प्रवेश गर्ने भन्ने विषयमा धेरै अड्कलबाजी भइरहेका थिए।

अब, पिंकभिल्लाको रिपोर्ट अनुसार, राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री कृति सेनन ‘डन ३’ मा मुख्य अभिनेत्रीको रुपमा भित्रिएकी छिन्। कृति सेननले यो भूमिकाका लागि सहमति जनाइसकेको र उनले चाँडै फिल्म पनि साइन गर्ने जनाइएको छ। फिल्मका निर्देशक फरहान अख्तर र निर्माता एक्सेल इन्टरटेनमेन्टको टोलीले अनुभवी अभिनेत्रीको खोजी गरिरहेका थिए, जसमा कृति उपयुक्त मानिएको हो।

‘डन ३’ मा कृति सेनन ‘रोमा’को पात्रमा देखिनेछिन्। रिपोर्टअनुसार, फिल्मको अधिकांश छायांकन युरोपमा हुने छ। स्क्रिप्ट तयार भइसकेको छ भने आगामी केही महिनाभित्र प्रि–प्रोडक्सन कार्य सुरु हुने जनाइएको छ। फिल्म यसै वर्षको अक्टोबर वा नोभेम्बरमा फ्लोरमा जान सक्नेछ।

यद्यपि ‘डन ३’ मा सामेल हुनु अघि कृति सेननले आफ्नो अर्को फिल्म ‘तेरे इश्क में’ को सुटिङ पूरा गर्नेछिन्।

About The Author

Leave a Reply

Your email address will not be published.