भाईरल बन्दै सुमिना(भिडियो सहित)

धनकुटा,
अवसर नपाउँदा जस्तो सुकै प्रतिभा भए पनि ओझेलमा पर्छ । तर, अवसर पाएपछि नयाँ प्रतिभाले पनि केही गर्न सक्छन् । यसको पछिल्लो उदाहरण धनकुटा जिल्लाको पाख्रीवास नगरपालिका वडा नं. ७ मुगाकी सुमिना बराइली ।

उनी भर्खर मात्रै गायन यात्रामा पाइला टेक्न लागेकी छन् । मिठो स्वरकी धनी सुमिना बाल्यकालदेखि नै गायनमा रुची राख्ने गर्थिन् । अहिले त्यही स्वरको सदुपयोग गर्दै गीत रेकर्डिङमा लागेकी छन् ।

अहिलेसम्म उनले कुनै गीत रेकर्ड गराएकी छैनन् । तर पनि उनका केही भिडियो भाइरल बनेको छ । उनी पछिल्ला दिनमा नव गायीकाको रुपमा उदाउँदै गरेकी गायीकाको रुपमा भाइरल बन्न थालेकी छन् ।

संगीतको कुनै औपचारिक प्रशिक्षण नलिएकी सुमिनाले आफ्नो स्वरमा पहिलोपटक गीत रेकर्ड गर्ने तयारीमा जुटेकी छन् । अहिलेका व्यस्त संगीतकार सन्तोष श्रेष्ठको संगीतमा उनले पहिलो प्रतिभा स्वरुप गीत रेकर्ड गराउँदै छिन् । जसको शब्द गोपाल बराइलीको छ ।

उनले स्कुले जीवनमा गाउँघरमा हुने कार्यक्रमहरुमा मात्रै आफ्नो कला पस्किँदै आएकी थिइन् । अहिले पनि स्थानीय स्तरमा हुने कार्यक्रमहरुमा भने गाउने गर्छिन् ।

Leave a Reply

Your email address will not be published.