शेर बहादुर देउवाको गलत निर्णयको कारणले काग्रेस कमजोर भयो , पार्टीको सिदान्त ,विधि ,नीतिबिर्सिदा कांग्रेस कमजोर भएको हो

रिपोर्टर्स क्लबमा सुजता कोइरालासंगको साक्षात्कारमा उहाले काग्रेसको खस्किदो अवस्थालाई मध्ये नजर गरेर पार्टी बलियो बनाउने ,गुठबन्दिको अन्त्य ,पार्टीलाई बचाउने कुरालाई जोड दिनुभयो । नेपाली जनताले प्रजातन्त्र चाहेका हुन् , र नेपाली जनताको चाहना अनुसार अब पार्टीमा क्रान्ति आउने ,प्रजातन्त्रलाई समाप्त गर्न खोज्नेलाई अब बन्ने काग्रेस पार्टी गतिलो झापड हुने कुरामा उहा विस्वस्त हुनुहुन्छ।पार्टी अब फेरी उचाइमा पुग्ने र हरेक नेपाली काग्रेसले आफु प्रजातन्त्र पार्टी हु भनेर गर्व गर्ने दिन फेरी आउने छ ।तेस्तै पार्टी विना कांग्रेसको कुनै अस्तित्व नहुने भएकोले अब पदको लागि होइन संगठन बलियो बनाउने कुराको जिकिर गर्नु भएको छ । एक पत्रकारको “अब शेर बहादुर देउवा पार्टीमा रहदा के होला ?” प्रश्नमा उहाले भन्नु कि “शेर बहादुर देउवाको गलत निर्णयको कारणले काग्रेस कमजोर भयो । पार्टीको आफ्नै सिदान्त ,विधि ,नीति भएन भने पार्टी चल्दैन, यो कुरा बिर्सिदा कांग्रेस कमजोर भएको हो अब पद हेर्ने होइन जनप्रिय नेतालाई सभापति बनाउने हो ।” पत्रकारको अर्को प्रस्न ” नौ महिने सरकार कतिको सफल छ? । ” भन्ने उत्तर उहाले भन्नु भयो ।”विकासको आश निरास भयो ,विकास भएन ,देशमा अस्थिरता छायो ,निर्माणको नभएर कर बृदि देखि भ्रस्टाचार बढ्यो यो गम्भीर अवस्था काग्रेस कमजोर भएको कारणले शृजना भयो अब देशको रक्षा ,बिकास गर्ने काम नेपाली काग्रेसको हो ।”देश अब दुर्गतिको दिशाबाट बिस्तारै उबो लाग्ने छ ।चीन , भारतसंगको राम्रो सम्बन्धले गर्दा देशले गति पाउने कुरा उहा ब्यक्त गर्नु हुन्छ ।

About The Author

Leave a Reply

Your email address will not be published.