बाल कलाकारको रुपमा अभिनय यात्रा प्रारम्भ गरेका सुमन घिमिरे चलचित्र ´साथ साथ`लिएर आउने तयारीमा

आठ बर्षको उमेर देखि नै बाल कलाकारको रुपमा अभिनय यात्रा प्रारम्भ गरेका सुमन घिमिरे चलचित्र ´साथ साथ` दर्शक माझ लिएर आउने तयारीमा छन् । चलचित्र ´साथ साथ` निर्देशक एवम् निर्माण सुमन घिमिरेले नै गरेका हुन् । लाइन प्रोडुसर नेपालको बैनरमा निर्माण भएको यस चलचित्रमा सुशील पोख्रेलको कथा रहेको छ भने कार्यकारी निर्माता जगदिश्वर थापा हुन् । हामीले अहिलेको युवा पुस्ता र शहरको कथा लाई पस्केका छौ । यसमा अभिनय गर्ने पात्र यहीँ शहर र पुस्ता हुन् यहीँ कथा हो मेरो चलचित्र ´साथ साथ`, मैले निर्माण र निर्देशन गर्ने चलचित्रले व्यवसायीक भन्दा बिचार र समाजको कथा बोकेको हुनुपर्छ। चलचित्र पनि आफैमा समाजको लागि एउटा दर्शन हो ।

उनको यो क्षेत्रमा यात्रा सजिलो थिएन उनले लाईट मैन देखि लेखन,गित निर्देशन छायांकन आदि गर्दै आज एउटा आशा लाग्दो निर्देशकको रुपमा उदाउदै छन् ।उनले एक दर्जन भन्दा बढी चलचित्रमा अभिनय समेत गरिसकेका छन् । राधे जस्तो सार्वधिक हिट चलचित्रमा सहायक निर्देशकको रुपमा काम गरिसकेका घिमिरे कथा लेखन पनि पोख्त छन् ।

उनको कथामा रोमियो नामक ठुलो पर्दाको चलचित्र समेत निर्माण भइसकेको छ। उनले ´रघुपति राघव राजा राम`जस्ता टेलिसिरियल समेत निर्देशन गरिसकेका छन् । उनले दर्जनभन्दा बढि गित समेत निर्देशन गरिसकेका छन्। संघर्षले सफलता दिलाउछ भन्ने भनाइलाई घिमिरेको जिवनमा याथर्त सावित भएको छ। घिमिरेको सपना चलचित्र निर्माण मात्र होईन उनले नेपाली चलचित्र लाई अन्तर्राष्ट्रियकरण गर्न चाहन्छन् ।

About The Author

Leave a Reply

Your email address will not be published.