केक,प्रधानमन्त्री,समय सन्दर्भ

सम्माननिय प्रधानमन्त्री के पि वलि ले आफ्नो जन्मदिनमा नेपालको नक्सा अङ्कित केक काटेर मनाए छन । चौतर्फी रुपमा सिमा बिबाद को चपेटामा परिरहेको यो समयमा देश भित्र देश टुक्राउन चाहने केही बिदेसी दलाल सक्रीय रहि रहेको बर्तमान अबस्थामा प्रधान मन्त्री जस्तो गरिमामय पदमा आसिन झन्डै तीन करोड नेपाली जनताको एक मात्र आशा भरोसाको आस्था केन्द्र मानिएका प्रधानमन्त्री को यो कार्य अत्यन्त निन्दनिय र अशोभनिय छ । नेपाली नागरिकहरुले देश को नक्सा काटेर जन्मदिन मनाएका केपि शर्मा वलिको विभिन्न सामाजिक सन्जालहरु मार्फत चित्त दुखेको बताइ रहेका छन ।प्रधान मन्त्रीले सम्पुर्ण नेपाली सङ्ग माफी माग्नु पर्ने र आफ्नो यो कार्यको लागि आत्मालोचना गर्नु पर्ने आम जनमानसको आवाज छ । देश को नक्सा झण्डा,चिन्ह जस्ता रास्ट्रीयता बोकेको कुनै पनि सामाग्रीको यसरी दुरुपयोग हुनु पक्कै पनि राम्रो हैन । कतै प्रधान मन्त्रीले नक्सा को केक बनाइ काटेर जन्मदिन मनाइ रहदा देश यसरिनै टुक्राएर छोड्छु भन्ने प्रतिकात्मक आभास दिएका त हैनन आम जनमानसमा सङ्का उब्जिएको छ । हिजो राणा शासन देखि पन्चायत ब्यबस्था अनि राज्तन्त्र हुदा पनि देशको स्वाभिमान लाई आच आउने यस्ता किसिमका कुनै पनि क्रियाकलाप हुदैन थियो मात्र हैन सोच्न पनि डर हुन्थो,तर आज यसरी प्रधान मन्त्री जस्तो गरिमामय पद मा आसिन ब्यक्तिले आफ्नो जन्मदिन देशकै नक्साको केक काटेर मनाइ रहदा प्रत्यक नेपालिले आफ्नो स्वाभिमानको धज्जि उडाएको महशुस गर्नु अस्वभाबिक पक्कै हैन । रास्ट्र र राष्ट्रियता प्रती नेपाली जनता निक्कै सजग छन र चिन्तित पनि । यदि प्रधानमन्त्री बाहेक कुनै सर्बसाधारण जनताले यस्तै केक बनाएर काटेर जन्मदिन मनाएको भए राज्य वा न्यायिक प्रसासन मौन बस्थ्यो होला त प्रश्न चिन्ह खडा भएको छ ? प्रधानमन्त्री आफैले छोरा सरह मानेका अनि आफ्नै निवासमा आश्रय दिएका पुर्ब सन्चारमन्त्री गोकुल बास्कोटाको बिबादास्पत अडियो टेपले तपाइको छवि समेत धुमिल हुँदै गर्दा तपाइको यो चर्तिकलाले अबको तपाइको राजनैतिक भबिस्य कस्तो बनाउला ? प्रधानमन्त्री ज्यु कृपया आफ्नो हरेक क्रियाकलापलाई सूक्ष्म विश्लेषण गरि आफ्नो आत्माअलोचना गर्दै गल्ती सुधार्दै जानू होला नत्र पुराना राजालाइ त जनताले नागार्जुनमा थन्काए भने तपाईं जस्ता नेताहरुलाइ फेरि जनताले कहाँ पुर्याउलान बिचार गर्नुस । हुनत म यो देशको एक नागरिक बाहेक अरु कुनै हैसियत राख्दिन तथापि तपाईं हामी जस्तै जनताले बनायको प्रधानमन्त्री हुनुहुन्छ त्यसैले तपाइको हरेक राम्रा कुराको प्रसम्सा अनि नराम्रा कुराहरुको आलोचना गर्ने म जस्ता सबै नेपाली जनतालाइ अधिकार छ । हामी जनता नेताको भासणमा ताली बजाउन मात्र हैन गल्तिमा खबरदारी गर्न पाउनु हामी सबैको कर्तब्य हो। हामी जनता दिन प्रतिदिन निरस हुँदै गइ रहेका छौ प्रधानमन्त्री ज्यु । अनि घरी घरी लाइन लागेर घाम तिर्खा झरी नभनी तपाईं र तपाईं जस्ता नेताहरुलाइ हालेको भोटको दुस्परिणाम भोग्दै छौ कि जस्तो लाग्न थालेको छ । आदर्णिय सम्माननिय प्रधानमन्त्री ज्यु तपाईंलाई आज बिश्वास गरेर कतै हामी पछुताउनु पर्ने त हैन प्रश्न आफैमा खेल्न थालेको छ। देशले आशा अनि भरोसा गरेको दुइ तिहाइ बहुमत पाएर बन्नु भएको सर्बमान्य प्रधानमन्त्री हुनुहुन्छ । यतिखेर तपाइले चाहनु भयो भने देशले नसोचेको बिकास गर्न सक्छ,देशले अफ्नो गुमेको भु भाग प्राप्त गर्न सक्छ।गुमेको,स्वाभिमान,इज्जत,प्रतिस्ठा फर्काउन सक्नु हुन्छ,बेरोजगारी र देशको राजनितिले दिक्क भएर बिदेशीन बाध्य भएका लाखौ नेपाली जनतालाइ देश फर्काउन सक्नु हुन्छ। करोडौ नेपाली जनताले चाहेको शु शासन कायम गर्न सक्नु हुन्छ । सम्माननिय प्रधानमन्त्री ज्यु अब अहिले नभएको कहिले होला तपाइले नगरे कस्ले गर्ला ? एक चोटि फुर्सद मिलाएर बिचार गर्दिनुस है ।
प्रल्हाद खरेल
लेखक रङमंचका कलाकार हुन।