राजपा, नेता शेखर सिंहले अढाई करोडमा टिकट किनेर राष्ट्रिय सभा सदस्यमा निर्वाचित, रहस्य बाहिरियो

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेता शेखर सिंहले अढाई करोडमा टिकट किनेर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको रहस्य बाहिरिएको छ।

सप्तरी घर भएका सिंह गत माघ ९ मा जनकपुरधाममा भएको राष्ट्रिय सभाको निर्वाचनमा नेकपा–राजपा गठबन्धनको साझा उम्मेदवार भएर सदस्यमा निर्वाचित भएका थिए। उनले अढाई करोडमा राजपा अध्यक्षमण्डलसँग टिकटको ‘डिल’ गरेको अडियो बाहिरिएको हो।

सप्तरीमा प्रमुख जिल्ला अधिकारीसमेत भइसकेका पूर्वरक्षा सचिव तिलकराम शर्माले सिंहलाई टिकट दिलाउन अन्य व्यक्तिसँग अढाई करोड लिएर राजपा अध्यक्ष मण्डललाई बुझाएको उक्त अडियोबाट खुलेको छ।

उक्त अडियो सुरजित सिंह र ज्योती झाबीच फोनमा भएको कुराकानीको हो। ज्योति झाले पूर्व रक्षासचिव शर्मालाई सुरजितसँग कुराकानी गराएका छन्। सुरजित शेखर सिंहका अंसियार (दियाद) रहेको स्रोतले जनाएको छ।

तर सुरजितले भने शेखर अंकलसँग ३६ को आँकडा (विवाद) रहेको टेलिफोनमा झासँग भनेका छन्। यद्यपि उनले काठमाडौं आएपछि पहल गर्ने र १०/१५ दिन मौन भएर बस्नसमेत भनेका हुन्।

सुरजितले पहिलो पटक कुरा हुँदा फोन काटेर राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोरसँग कुरा गरेका छन्। उनले पुनः फोन गरी राजेन्द्र महतोलाई फोन गर्दा उठेन र राजकिशोर यादवसँग कुरा गरेको बताएका छन्।

उनले राजकिशोरले पार्टीको बदनामी हुन्छ भन्दै बसेर छलफल गरी विवाद सुल्झाउन भनेको पनि पूर्व सचिव शर्मासँग भनेका हुन्। शर्माले हुन्छ भन्दै ठिक छ पछि कुरा गरौंला भनेर फोन काटेका छन्।

‘रकम जोसँग लिएछु, उसले दबाब दिन थालेका छन्’, पूर्वसचिव शर्माले सुरजितसँग फोनमा भनेका छन्, ‘म त नराम्ररी फसेँ। तपाईंले पहल गरिदिनुपर्यो।’ उनले आफू विश्वास गरेर कमिटमेन्ट गरेको व्यक्तिलाई रकम बुझाइसकेको र अहिले शेखर सिंह फोन नै उठाउन छाडेको गुनासो समेत गरेका छन्। साभार थाहा खबर

अडियो सुन्‍नुहोस्

 

About The Author

Leave a Reply

Your email address will not be published.