महावीर पुन अघि सरे, चिकित्सकले लगाउने ‘पीपीई’ बनाउन, टेलर आवश्यक

कोरोनाको बिरामी जाँच गर्दा चिकित्सकले लगाउनुपर्ने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) ड्रेसको अभाव देखिएको छ । यसका लागि नेपालले छिमेकी देशहरु गुहारीरहँदा देशभित्रै यसको उत्पादन गर्न अन्वेषक महावीर पुन अघि सरेका छन् । उनले आफैं स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रमार्फत पीपीई उत्पादन गर्ने प्रक्रिया थालेका हुन् ।

पुनका अनुसार त्रिवि शिक्षण अस्पताल काठमाडौं र वीपी अस्प्ताल धरानबाट त्यस्तो ड्रेस बनाउनका लागि आविष्कार केन्द्रमा अनुरोध आएको थियो । त्यस बमोजिम आविष्कार केन्द्रले ड्रेसको डिजाइन तयार गरिरहेको छ । साथै, ४०० वटा जति ड्रेस बनाउन चाहिने सामग्री पनि उपलब्ध भएको पुनले जानकारी गराएका छन् ।

फेसबुकमा एक स्टाटस लेख्दै पुनले यी ड्रेसहरु सिलाउनका लागि टेलर आवश्यक परेको बताएका छन् ।

‘यदि तपाईंहरु कसैले कपडा सिलाउने टेलरहरुलाई चिन्नुभएको छ र यो काममा सहयोग गर्न चाहनुहुन्छ भने तुरुन्त मर्लाइ सम्पर्क गर्नुहोस । सो ड्रेसको डिजाइन र ड्रेस बनाउने सामान उपलब्ध गराइने छ अनि टेलरको ज्याला पनि उपलब्ध हुने छ,’ पुनले भनेका छन् ।

हेर्नुस स्टाटस जस्ता को त्यस्तै

सूचना: मैले तलको पोस्ट गरे पछि धेरैले सम्पर्क गर्नु भयो. अहिलेलाई पर्याप्त भयो.

काठमान्डूमा तुरुन्त टेलर चाहियो – अर्जेन्ट अनुरोध: मेरो सम्पर्क 9841592361
डाक्टरहरुले कोरोनाको बिरामी जांच गर्दा लगाउने ड्रेसलाई PPE (Personal Protective Equipment) भन्दा रहेछन. त्यसको अति नै आबश्यक परेको रहेछ. त्यो नलगाइकन डाक्टरहरुले कोरोना बिरामी जांच गर्न नमिल्ने रहेछ. त्यसैले टिचिंग अस्पताल काठमाडौँ र बि.पी. अस्पताल धरान बाट त्यस्तो ड्रेस बनाउने अनुरोध राष्ट्रिय आविष्कार केन्द्रलाई आएको छ. त्यो ड्रेसको डिजाईन आविष्कार केन्द्रमा बन्दैछ र करिब ४०० वटा जति ड्रेस बनाउन सकिने समान पनि भर्खरै उपलब्ध भयो. अब सिलाउने टेलर चाहियो. यदि तपाईहरु कसैले कपडा सिलाउने टेलरहरुलाई चिन्नु भएको छ र यो काममा सहयोग गर्न चाहनु हुन्छ भने तुरुन्त मलाई सम्पर्क गर्नु होस्. सो ड्रेसको डिजाइन र सो ड्रेस बनाउने सामान उपलब्ध गराइने छ. अनि टेलरको ज्याला पनि उपलब्ध हुने छ. धन्यबाद.

About The Author

Leave a Reply

Your email address will not be published.