मोरङको उर्लाबारी–५ घर भएका प्रविण बाँस्तोला हत्या सम्बन्धमा छानविन गर्न गठित समितीले छानविन सकेको छ । डिएसपी मानबहादुर राईको नेतृत्वको समितिले सोमबार छानविन सकेर प्रतिवेदन बुझाएको छ । संयोजक मानबहादुर राईले छानविन प्रतिवेदन बुझाएको रातोपाटीलाई जानकारी दिएका छन् । मृतकका आफन्तले अनुसन्धानमा प्रश्न उठाएर आन्दोलन गरेपछि गठित समितिले प्रविणको मिसिलमा ‘फरक ब्यक्तिको फोटो परेको’ निष्कर्ष निकालेको छ । पीडितकी...
कोरोनाको कहरको समय बलिउडका धेरै सेलिब्रेटी माल्दिभ्स पुगेका थिए । छुट्टी मनाउन भन्दै उनीहरुले माल्दिभ्सको समुद्री किनारमा खिचिएका बिभिन्न तस्बिर समेत सार्वजनिक गरे । अहिले नेपाली अभिनेत्री प्रियंका कार्की पनि माल्दिभ्स पुगेकी छन् । कार्की छुट्टी मनाउन भन्दा पनि ‘जन्मदिन’ र ‘म्यारिज एनिभर्सरी’ मनाउन त्यहाँ पुगेकी हुन् । गत शनिबार उनको जन्मदिन परेको थियो भने फागुन महिनामै उनको म्यारिज...
अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्म उद्योगमा (साउथ इन्डियन फिल्म) डेब्यु गर्ने भएकी छन् । फिल्म ‘थिरिमाली’ मार्फत उनले साउथ अभिनयमा डेब्यु गर्न लागेकी हुन् । फिल्म अभिनय बिषयमा धेरै अगाडि हल्ला भएपनि अहिले भने उनले कागती रुपमा सम्झौता हालै गरेकी छन् । स्वस्तिमाले सामाजिक सञ्जाल मार्फत आफूले साउथ फिल्म ‘थिरिमाली’ साइन गरेको जानकारी दिएकी हुन् । फिल्म ‘थिरिमाली’मा...
किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिका–१६ लक्ष्मीनारायण टोलकी १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले हिजो शुक्रबार सोही ठाउँका १९ वर्षीय बेहुला र उनका बुबालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । लक्ष्मीनारायण टोलमा विवाह भइरहेको सूचनाको आधारमा किशोरीको घरमा पुगी सोधपुछ गर्दा नेपाल सरकारले निर्धारण गरेको उम्मेरभन्दा...
हलिउड नायिका तथा चर्चित गायिका लेडी गागाको घर बाहिर हमला भएको छ । लस एन्जलसमा लेडी गागाको कुकुर घुमाउने व्यक्ति रायन फिशरमाथि एक व्यक्तिले गोली हानी लेडी गागाका दुई फ्रेन्च बुलडग्स चोरी गरेका छन् । रायनलाई यो हमलापछि अस्पताल लगिएको छ जहाँ उनको स्थिती स्थिर बताइएको छ । लस एन्जेलस प्रहरी विभागले एक व्यक्तिलाई राती १० बजे आसपास गोली...
आफूमाथि दुरव्यवहार गर्ने अभिनेता पल शाहले निखित माफी माग्नुपर्ने नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले बताएका छन् ।उनले एक विज्ञप्ति जारी गर्दै घटनाको जानकारी सहित उक्त माग राखेका हुन् । पलले मान्छेहरु बोलाएर आफूमाथि हात हालेको बताएका अध्यक्ष प्रधानले अभिनेता पलले माफी नमागे प्रदेश नम्बर १ भरि उनको फिल्म चल्न नदिने चेतावनी समेत दिएका छन् ।...
महोत्तरीमा एक दम्पतीलाई घरबाटै अपहरण गरी बेपत्ता बनाइएको घटना सार्वजनिक भएपछि स्थानीयले जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेका छन् । जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित सहोडवाका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवीलाई राति सुतेकै ठाउँबाट अपहरण गरी बेपत्ता बनाइएको परिवारजनको भनाइ छ । उनीहरुको खोजी गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबाहदुर केसीले जानकारी दिए ।...
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा मंगलबार विहान ९ बजे भर्ना भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन् । पाण्डेका अनुसार आज दिनभर भट्टराईलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ । भट्टराई केही दिनअघि पत्नी हिसिलासहित उपचारका लागि नयाँ दिल्ली...
आइतबार सिरहाको अर्नामा गाउँपालिका–२ ब्रह्मपुरीको मसुरोको खेतमा हेलिकोप्टर अवतरण हुँदा छिमेकी गाउँसम्मका मानिसको भीड लाग्यो । यहाँ कुनै राजनीतिक कार्यक्रमका लागि नेता ओर्लिएका थिएनन् । यसै गाउँपालिकाको वडा नम्बर ४ लट्टाटोलबाट दुलाहा दिनेश यादव विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेर आएका थिए । भीड दुलाहा हेर्न नभई हेलिकोप्टर हेर्न जम्मा भएको थियो । उत्साहित स्थानीयले लहलहाउँदो मसुरोको परवाहै नगरी हेलिकोप्टर...
भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन् । कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिए पनि अवस्था जटिल भएका कारण थप उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ । छात्रा नाथको टाउकामा चोट...