१६ पुस, काठमाडौं । मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । बुधबार सो रिटलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी आज बिहीबारका लागि तोकिएको छ । संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाइने भन्दै अधिवक्ताहरू दिनेश त्रिपाठी, लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले गत १३ पुसमा सर्वोच्च अदालतमा रिट दायर...
पौष १४ । आइतबार र सोमबार प्राय दिनभरि नै चिनियाँ नेताहरूले नेकपाका शीर्ष नेताहरूसँग भेट गरे । चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओको टोली तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच एकताका लागि २०७४ फागुन ७ मा सातबुँदे समझदारी हुनेबित्तिकै नेपाल आएको थियो । तत्कालीन समयमा दुई पार्टीलाई एकताबद्ध बनाउने काममा उनको टोलीले काम गरेको भनाइ छ ।...
काठमाडौं । कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट)को पाँचजनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।भने बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ । मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैका अनिवार्य रुपमा १० दिन होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको थियो ।महाशाखाले आज मात्र तीमध्ये १२ जनाको...
cinekala विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १४ लाख २ हजारको कोरोनाबाट मृत्यु भएको छ । विश्वभर कुल कोरोना संक्रमितको संख्या ५ करोड ९५ लाख १५ हजार पुगेको छ । जसमध्ये ४ करोड ११ लाख संक्रमणमुक्त भएका छन् । सबैभन्दा बढी अमेरिकामा एक करोड २७ लाख कोरोना संक्रमित भइसकेका छन्...
cinekala काठमाडौं उपत्यकाको ट्राफिक जाम कम गर्न र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापन सम्बन्धि एकीकृत कार्ययोजना २०७७ तयार भएको छ । ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल संयोजक रहेको समितिले एकीकृत कार्ययोजना तयार गरी आज गृहमन्त्री रामबहादुर थापालाई बुझाएको हो । उपत्यकाको सवारी जाम कम गर्न तत्काल सडक विस्तार गर्नुपर्ने, फराकिलो बनाउनुपर्ने, सडक किनारमा रहेका वर्कसप तथा कलकारखानालाई...
cinekala भारतमा कोरोना भाइरसको कारण बन्द भएका सिनेमाघर खोल्ने अनुमति दिएको धेरै भयो । तर, दर्शकको भने हलमा शुन्य उपस्थिती छ । शहर–शहरमा भएका सबै मल्टी प्लेक्समा एक दुई शो नियमित हुने भएपनि दर्शकहरु भने आउन सकेका छैनन् । भारतमा फिल्म देखाउन कोही तयार नै छैनन् । दर्शक नै फिल्म हेर्न आउदैनन भने फिल्म निर्माताहरुले पनि हिम्मत गर्न सकेका...
सिने कला । काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६३३, ललितपुरका १०४ र भक्तपुरका ७२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ३ र ललितपुरका २ जनाको मृत्यु भएको छ । काठमाडौं ६१ र ६२ वर्षका पुरुष तथा ५० वर्षीया महिलाको मृत्यु भएको हो...
सिने कला । काठमाडौँ उपत्यकामा ७२४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै काठमाडौँ जिल्लामा ५८३ सहित उपत्यकामा ७२४ संक्रमित थपिएको जानकारी दिएको छ । काठमाडौँमा १९९ महिला र ३८४ पुरुषसहित ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै भक्तपुरमा २८ महिला र ३५ पुरुषसहित ६३ जनामा संक्रमण पुष्टि भएको छ ।...
सिने कला l भरतपुर अस्पताल डुवानमा परेको छ । लगातार तेस्रो दिन पानी परिरहेकाले अस्पतालको पुरानो भवनका विभिन्न कक्ष र अस्पताल वरपरको भाग डुवानमा परेको हो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालको आकस्मिक, अब्जरबेसन, स्टोर, स्पाईनर ईन्जुरीलगायतका कक्षमा पानी पसेको छ । ती कक्षका बेडहरुमा बिरामी भएपनि कोठामा पानी भरिएको छ । पानीले के कति क्षति पु¥यायो...
सिने कला । प्याजको कालोबजारी गरेको आरोपमा बाराको कलैया उप–महानगरपालिका–१ स्थित खुसी स्टोरका सञ्चालक चन्दन साहलाई प्रहरीले पक्रेको छ । खरिद मूल्यभन्दा दोब्बरमा बिक्री गरेको फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता (डिएसपी) गौतम मिश्रले रातोपाटीलाई बताए । प्याजको कृतिम अभाव देखाएर साहले ४३ रुपैयाँमा खरिद गरको प्याज ८० रुपैयाँमा बेचेका थिए । बिहिबार पक्राउ गरिएका...