छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा ७ जनाको मृत्यु

तनहुँ, बन्दीपुर गाउँपालिका-६ धरमपानीस्थित सडकमा ग.१ ज ६५५५ नम्बरको जिप सडकबाट करिब १ सय मिटर तल खसेर शुक्रबार राति दुर्घटना हुँदा जिपमा सवार ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बन्दीपुर गाउँपालिका-६ बस्ने ५३ वर्षीय हरि न्यौपाने, २४ वर्षीय रोसन गुरुङ, ९ महिनाकी आरुबी थापा, ४८ वर्षीया सुसिला देवी न्यौपाने, ४८ वर्षीय सन्त बहादुर गुरुङ र ५० वर्षीया बि माया गुरुङ रहेका छन् ।

दुर्घटनामा घाइते भएका अन्य ८ जनाको भरतपुर शिक्षण अस्पताल चितवनमा उपचार भइरहेको छ ।

रौतहट, परोहा नगरपालिका-४ स्थित सडकमा ना.२ त ६३६८ नम्बरको ट्याक्टरमा जोडिएको मिक्चर मेसिनबाट लडेर गौर नगरपालिका-८ बस्ने २५ वर्षीय बिर्जु राउतको शुक्रबार साँझ मृत्यु भएको छ ।

उक्त मेसिनबाट लडेर गम्भीर घाइते भएका बिर्जुको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

About The Author

Leave a Reply

Your email address will not be published.