पाँचथरमा प्रतिवन्धित लागुऔषध सहित १ जना महिला पक्राउ

पाँचथरको फिदिम नगरपालिका-१ स्थितबाट ८ ग्राम प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जना महिलालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका-१ कि ३२ बर्षीया देवि लकान्द्री रहेकि छिन । हिजो राती साढे ७ बजे जिल्ला प्रहरी कार्यालय पाँचथरबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले लकान्द्रीको कोठा चेक जाँच गर्ने क्रममा डिजिटल तराजु १ थान र निजले लगाएको सुरुवालमा लुकाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ८ ग्राम बरामद गरेको हो ।

ब्राउन सुगर सहित पक्राउ परेकि लकान्द्रीको जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको छ ।

 

About The Author

Leave a Reply

Your email address will not be published.