रोशन दासको “जात भन्ने शब्दै नहुने” गित सार्वजनिक

गायक राजन कार्कीको स्वरमा नयाँ गीत ‘ नयाँ इतिहास ’ सार्वजनिक भएको छ।

रोशन दासले निर्देशन गरेको गीतको भिडिओमा स्वयम दास र नम्रता आर्यलले अभिनय गरेका छन् भने मुकेस साह, लक्ष्मण प्रसाद अधिकारी,हरि प्रसाद कडेल,समन शर्मा को पनि अभिनय देख्न सकिन्छ।

नेपालमा सक्रिय रेज इन्टरटेनमेन्ट प्रोडक्शनको प्रस्तुती तथा लगानीमा तयार यस गीतका संगीतकार अभिनास राइ हुन् भने दासको शब्द रचना रहेको छ। गीतका एरेन्जर स्वयम गायक कार्कीका हुन्।

नितेस घतानले छायांकन गरेको म्युजिक भिडिओलाई कभिर ओडले सम्पादन गरेका छन्।

यस गीतले नेपाली समाजमा रहिआएको जात व्यवस्थाले गर्दा हुने विभेदहरु दर्शाएको छ । यस्मा कसरी कथित उच्च जातका मान्छेले कथित तल्लो जातको मान्छेलाई प्रेम गर्दा भोग्नु परेको यातना, सामाजिक बहिस्कार जस्तो कुराहरु पनि दर्शाएको छ।

कोरिदेउ नयाँ इतिहास, जात भन्ने शब्दै नहुने बोलको गित लाइ “नयाँ इतिहास” नाम दिइएको छ।

About The Author

Leave a Reply

Your email address will not be published.