युद्धविरामको पहल गर्न इन्डोनेसियाका राष्ट्रपति रुस र युक्रेन जाने

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आइतबार आफ्ना रुसी र युक्रेनी समकक्षीलाई शान्ति कायम गर्न वार्ताको विकल्प खुला राख्न आग्रह गर्ने बताएका छन् । उनले रुसी राष्ट्रपतिलाई तत्काल युद्ध विरामको आदेश दिन आग्रह गर्ने बताए ।

‘युद्ध रोकिनुपर्छ र विश्वव्यापी खाद्य आपूर्ति शृङ्खलालाई ट्र्याकमा ल्याउनुपर्छ’ जोको विडोडोले जी–७ शिखर सम्मेलनमा भाग लिन सोमबार जर्मनी प्रस्थान गर्नु अघि भने।

उनले ट्वीट गरे, ‘जर्मनीबाट म युक्रेन र रसियामा मेरो शान्ति मिसन सुरु गर्दैछु। म युक्रेन जान्छु र राष्ट्रपति जेलेन्स्कीसँग भेट गर्नेछु। त्यसपछि म रसिया जान्छु र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्नेछु। यी दुई देशहरूमा म जान्छु।’ इन्डोनेसियाका नेताले रुसी आक्रमणपछि शान्ति स्थापना गर्न र विश्वव्यापी खाद्य संकट र ऊर्जा सङ्कटको तत्काल समाधान खोज्न आफूले जी–७ देशहरूलाई प्रोत्साहन गर्ने बताए ।

About The Author

Leave a Reply

Your email address will not be published.