फिल्म ‘जारी’को अग्रिम टिकट बुकिङ सुरु

आगामी वैशाख १ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी’को अग्रिम टिकट बुकिङ सुरु भएको छ । बिग मूभिज, आइएनआइ सिनेमाज् लगायतका मल्टिप्लेक्सले बुकिङ खुलाएको हो ।

यस्तै, बिग मूभिजले फिल्मलाई ६ सोज दिएको छ । हलको प्रारम्भिक सोज सङ्ख्यामा सोही दिन प्रदर्शन हुन लागेका अन्य तीन फिल्मभन्दा जारीको सोज सङ्ख्या बढी छ । 

दयाहाङ राई र मिरुना मगर अभिनीत यो फिल्मलाई उपेन्द्र सुब्बाले निर्देशन गर्नुभएको हो । 

फिल्म पूर्वी नेपालको लिम्बू समुदायमा रहेको जारीप्रथा र विवाह संस्कृतिको कथामा आधारित छ ।

About The Author

Leave a Reply

Your email address will not be published.