‘एक भागवत एक गीता’ राखेपछि मिल्यो विवाद

 यही २९ भदौमा रिलिज हुने भनिएको चलचित्र ‘एक भागवत गीता’को नाम परिवर्तन गरेपछि मात्र रिलिज गर्न पाइने सहमति भएको छ । अब यो चलचित्रको नाम ‘एक भागवत एक गीता’ राख्नुपर्ने भएको छ । यो नाम राखेपछि मात्र फिल्म प्रदर्शन गर्न पाउने जिद्दी केही धार्मिक संस्थाले गरेपछि निर्माता सुनिलकुमार थापा तथा निर्देशक झरना थापा आफ्नो सिनेमाको नाम परिवर्तन गर्न सहमत भएका छन् ।

आधा दर्जन हिन्दुधर्मवादी संस्थाले यो चलचित्रको नाम भागवत गीता राखेर पवित्र धार्मिक ग्रन्थको नाम दुरुपयोग भएको भन्दै यसको नाम परिवर्तन गर्न दबाब दिइरहेका थिए । यही कारण देखाउँदै चलचित्र विकास बोर्डले समेत यो फिल्मलाई सेन्सर गर्न अनुमतिपत्र पनि दिएको थियो ।

शुक्रबार यो फिल्मको सेन्सर गर्न चलचित्र विकास बोर्डले अनुमति रोकेपछि आइतबार दिउँसो बोर्डमै यो चलचित्रको निर्माण टिम, सम्बन्धित धार्मिक संस्थाका प्रतिनिधि र बोर्डका पदाधिकारी बसेका थिए । आइतबारको बैठकमा पनि धार्मिक संस्थाका पदाधिकारीले नाम परिवर्तन गर्नैपर्ने जिद्दी कसेपछि आपूmहरूले सिनेमाको नाम परिवर्तन गर्नुपरेको निर्माता सुनिलकुमार थापाले बताएका छन् । अब आफूले यो चलचित्रको नाम ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) राखेर रिलिज गर्ने सहमतिमा पुगेको पनि थापाले बताएका छन् ।

हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले गत २१ भदौमा चलचित्र विकास बोर्डलाई सम्बोधन गर्दै यो चलचित्र नाम हटाउने मागसहित बोर्डमा पत्र बुझाएका थिए । उनीहरूले सो पत्र सञ्चार मन्त्रालयमा पनि बुझाएका थिए । सो पत्रपछि फिल्मको नाम परिवर्तन नगरेसम्म बोर्डबाट सेन्सरको अनुमति समेत नदिने निष्कर्षमा बोर्ड अध्यक्ष भुवन केसी पुगेका थिए । सोही कारण आफूहरू नाम परिवर्तन गर्न बाध्य भएको पनि निर्माता थापाले बताएका छन् ।

आइतबार भएको छलफलमा यो चलचित्रको आधा दर्जन नयाँ नाम बोर्डमा पेस गरिएको थियो । बोर्डमा यी नामहरू ‘एक भागवत् र एक गीताको प्रेमकथा’, ‘एक भागवत र एक गीताको कथा’, ‘एक गीता भागवत’, ‘एक भागवत’ या ‘एक गीता’, ‘अर्को भागवत गीता’, ‘एक भागवत–गीता’ पेस गरिएको थियो । जसमध्येबाट निर्देशक दीपेन्द्र के खनालले ‘एक भागवत र एक गीता’ नाम जुराएका हुन् । यो नाममा (सामाजिक कथा) थप्नुपर्ने माग हिन्दु धर्मावलम्बी राखेपछि उनीहरूबिचको विवाद मिलेको हो ।

सो’bout चलचित्र विकास बोर्डका प्रवक्त केएल बुढाथोकीले भने, ‘लामो वार्तापछि उहाँहरू नै सहमतिमा आउनुभयो र आज कुरा मिल्यो । धार्मिक विषयवस्तु भएका कारण हामीहरूले उहाँहरू आफैंलाई मिल्न भनेर वार्ताका लागि सहजीकरण गरेका थियौं ।’

हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले आफूहरूबिच वार्ता सफल भएको र अबका दिनमा यो चलचित्र प्रदर्शनीमा सहजीकरण गर्ने बताए । विश्व हिन्दु महासंघसँगै शिवसेना नेपाल, जगदगुरु आश्रम, बैष्णव परिषद् नेपाल, श्रीमद भागवत प्रचारप्रसार सेवा समिति, श्रीकृष्ण प्रणामी सेवा समिति नेपाललगायतका सबै संस्था यो नाममा सहमत भएको पनि उपाध्यायले बताएका छन् ।

यो चलचित्र सेन्सरका लागि आइतबार नै बोर्डले एक भागवत एक गीतालाई अनुमितपत्र दिएको छ । आइतबारबाटै निर्माण पक्ष सेन्सर तयारीमा जुटेको छ ।

विपिन कार्की, धिरज मगर, सुहाना थापाको शीर्ष भूमिका रहेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । नाम परिवर्तनपछि अब यो फिल्म २९ भदौमै रिलिज हुने भएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published.