दयाहाङ, मिरुनाको ‘रंगेली’ इटहरीबाट सुरु

चलचित्र ‘रगेली’को छायांकन सुरु भएको छ । सुनसरीको इटहरीबाट यो चलचित्रको छायांकन सुरु भएको हो । सेखर चापागाईले सर्ट दिँदै फिल्मको मुहूर्त सुरु भएको हो । अभिनेता प्रवीण खतिवडा अर्पण थापा, मिरुना मगर र रमेश बुढाथोकीले बुधबारबाटै छायांकन सुरु गरेका छन् । अर्को चलचित्रमा व्यस्त भएका कारण दयाहाङ राई केही दिनपछि मात्र फिल्ममा जोडिने छन् ।

रंगेली, कर्सिया, कटहरी, विराटनगर र बिर्तामोडमा चलचित्रको छायांकन हुने निर्देशक अर्जुन सुवेदीले बताए । सोमबार मोरङको रंगेलीमा रहेको काली मन्दिरमा स्कृप्ट तथा क्यामरा पूजा गर्दै शुभ मुहूर्त भएको थियो । मुहूर्तको समयमा प्रमुख कलाकारको भने उपस्थिति थिएन । छायांकनको समयमा उपस्थित नभए तापनि चलचित्र छायांकनको तालिकाअनुसार क्रमशः कलाकारले पुग्नेगरी मिलाइएको निर्माता जितेन्द्र खतिवडाले बताए ।

सबै प्रमुख कलाकार अत्यन्त व्यस्त रहने भएको बताउँदै उनले भने, ‘दयाहाङ टोरन्टो फिल्म फेस्टिभलमा सहभागी भइरहेका छन् । मिरुनाजी पनि अर्को चलचित्रको प्रचारमा समय दिइरहेकी छन् ।’ दयाहाङ केही फुर्सदिलो भएपछि उनको छायांकन सुरु गर्ने पनि उनले बताए ।

आगामी फागुन २५ गते रिलिज हुने यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायतको प्रमुख भूमिका रहनेछ । चलचित्रका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन् । कार्यकारी निर्माता जितेन्द्र खतिवडा र अनुजजंग थापा हुन् । यसमा निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सहनिर्माता हुन् । विवेक खड्का (योलो) एसोसियट निर्माता हुन् । यो चलचित्रलाई सुशन प्रजापतिले छायांकन गरिरहेका छन् ।

यस चलचित्रको सुशान्त गौतमको संगीत एक गीत युरोपको विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा लाइभ छायांकन हुनेछ । नेपाली चलचित्रले पहिलोपटक यसप्रकारले गीत छायांकन गर्न लागेको हो । सो गीतमा हर्क साउदको शब्द रचना रहेको छ भने सनुप पौडेल र अन्नु चौधरीको स्वर रहनेछ । चलचित्रका अन्य गीतमा भने सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहनेछ ।

About The Author

Leave a Reply

Your email address will not be published.