जन्मदिनको दिन छोरा आर्यनको जमानत याचिका खारेज हुँदा रोइन् गौरी खान, अदालतबाहिरको भिडियो भाइरल

कार्डिएला–द–इम्प्रेस क्रुजमा चलिरहेको हाइप्रोफाइल रेव पार्टीबाट पक्राउ परेपछि नै शाहरुख खानका छोरा आर्यन खान नारर्कोटिक्स कन्ट्रोल ब्यूरोको हिरासतमा छन् । शुक्रबार मुम्बईको अदालतमा आर्यनको जमानत याचिकामा सुनुवाई भएको थियो जसलाई खारेज गरिएको छ । जमानत याचिका खारेज भएपछि अब अदालत बाहिरबाट गौरी खानको एउटा भिडियो भाइरल भइरहेको छ जसमा उनी रोइरहेको देखिएकी छिन् ।

भिडियोमा गौरीले अनुहार ढाकेर रोइरहेको देखिएकी छिन् । गौरीको आँखाबाट लगातार आँसु बगिरहेको थियो जसलाई उनी लुकाउने कोसिस गरिरहेकी छिन् । यो भिडियो ८ अक्टोबरको हो जुन दिन गौरीको जन्मदिन पनि थियो ।

https://www.instagram.com/p/CUxjHhhpT4K/?utm_source=ig_embed&ig_rid=ede6bc02-a4ec-435b-a99c-a5d03515c625

आर्यनको समर्थनमा उत्रिए प्रशंसकः

गौरीको रोइरहेको भिडियो सार्वजनिक भएपछि शाहरुख खानका प्रशंसकले कमेन्ट गरेर उनीहरुको हौसल बढाइरहेका छन् । यस्तै अर्कोतर्फ …. पनि सोसल मिडियामा ट्रेन्ड भइरहेको छ ।

https://www.instagram.com/p/CUwBkUbMxKz/?utm_source=ig_embed&ig_rid=137cf02c-e50f-461a-b536-9d4c1a2fa0b4

About The Author

Leave a Reply

Your email address will not be published.